१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको मुख्य कार्यभार सुशासनः मन्त्री गुरुङ



अ+ अ-

चितवन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ ।”

भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उहाँले यो सामान्य घटना नभएको बताउनुभयो । उहाँले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उहाँको भनाइ छ ।

“भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ”, उहाँले भन्नुभयो ।

शरणार्थीको बिषयमा दबाब आइरहेको बताउँदै उहाँले भन्नुभयो, “जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।”

नेपाली काङ्ग्रेसका उपसभापति समेत रहनु भएका गुरुङले भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिनुभयो ।

नेपाली काङ्ग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिनमा होस भन्ने रहेको उहाँको भनाइ छ । छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उहाँले जानकारी दिनुभयो ।

अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उहाँले भ्रष्टचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने बिषयमा पार्टीभित्र छलफल नभएको बताउनुभयो । रासस