७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेट उत्पादनमुखी बनाउन चेम्बरको माग



अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आग्रह गर्नुभएको छ ।

शुक्रवार आगामी बजेटमा सुझाव दिँदै चेम्बरका अध्यक्ष मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन आग्रह गर्नुभएको हो । उहाँले आगामी वर्षको बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिनुपर्ने बताउनु भयो। उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग रहेको बताउनु भयो ।

उहाँले विनियोजित बिकास बजेटलाई समयवद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न माग गर्नुभयो। उहाँले विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजिकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरुको नकारात्मक प्रभावले गम्भिर आर्थिक शिथिलता उत्पन्न भएको बताउनु भयो ।

उहाँले कर बढाउने भन्दा पनि करको दायरा बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको भन्दै करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै भन्सार प्रयोजनका लागि सन्र्दभ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाईन ल्याव राख्न समेत माग गर्नुभयो ।