४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी बजेट उत्पादनमुखी बनाउन चेम्बरको माग



अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आग्रह गर्नुभएको छ ।

शुक्रवार आगामी बजेटमा सुझाव दिँदै चेम्बरका अध्यक्ष मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन आग्रह गर्नुभएको हो । उहाँले आगामी वर्षको बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिनुपर्ने बताउनु भयो। उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग रहेको बताउनु भयो ।

उहाँले विनियोजित बिकास बजेटलाई समयवद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न माग गर्नुभयो। उहाँले विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजिकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरुको नकारात्मक प्रभावले गम्भिर आर्थिक शिथिलता उत्पन्न भएको बताउनु भयो ।

उहाँले कर बढाउने भन्दा पनि करको दायरा बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको भन्दै करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै भन्सार प्रयोजनका लागि सन्र्दभ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाईन ल्याव राख्न समेत माग गर्नुभयो ।