४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

अपाङ्गतामैत्री वित्तीय सेवाका लागि कार्यदल बनाएर अघि बढ्नुपर्नेमा जोड

अपाङ्गतामैत्री वित्तीय सेवाका लागि कार्यदल बनाएर अघि बढ्नुपर्नेमा जोड
अ+ अ-

काठमाडौं । वित्तीय सेवालाई अपांगतामैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड दिएका हुन् ।

नेपालको संविधानले नै सबै नेपाली नागरिकलाई समान सेवा सुविधाको व्यवस्था गरेको भए पनि नेत्रविहीनहरुले बैंक तथा वित्तीय संस्थासँगै सेयर कारोबारका लागि समान सेवा सुविधा नपाएको गुनासो गरेका छन् । नेपाल नेत्रहित संघका उपाध्यक्ष खोमराज शर्माले बैंकको ढोका देखिनै आफूहरुले नेपाली नै नभएको जस्तो व्यवहार भोग्दै आएको बताउनुभयो । उनले वित्तीय क्षेत्र प्रविधिमैत्री भएको अवस्थामा दृष्टिविहीनहरुले प्रविधिको प्रयोगका लागि पनि अन्य सामान्य व्यक्ति सरह सुविधा पाउनबाट बञ्चित भएको गुनासो गर्नुभयो ।

कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नुपरेको भनाई उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानुन र नीतिको आ–आफ्नै ब्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भैरहेको गुनासो शर्माको छ । अन्य साधारण व्यक्ति सरह वित्तीय क्षेत्रमा विकास गरिएका प्रविधिलाई सहजै प्रयोग गर्न सक्ने क्षमता आफुहरुमा पनि रहेको र कतिपयले प्रयोग गर्दै आएकाले यो सेवा लिन सहज वातावरण हुनुपर्ने माग उनको छ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्न देखि अन्य सेवा लिनका लागि अन्य व्यक्तिसरह सहज वातावरण नहुँदा समस्यामा परेको भन्दै सहज वातावारणको माग उहाँले गर्नु भएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अहिलेको नीतिगत व्यवस्थाले वित्तीय क्षेत्रमा भएका सबै सेवा सुविधामा नेपालीहरुको समान हक रहेको प्रष्ट पार्नुभयो । अपाङ्ग भएकै आधारमा नीतिगत कारण देखाई सेवाबाट बञ्चित गराउनु कारवाहीको विषय भएको उहाँको भनाई छ । यसर्थ वित्तीय सेवा प्रवाह गर्ने कुनै पनि निकायले कमजोर सावित गरी नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट बन्चित नगराउन उहाँले आग्रह गर्नु भएको छ ।

अपाङ्गामैत्री सेवामा पूर्णता नभएको कुरालाई स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्था सहित अघि बढ्नुपर्ने विचार बैंकर संघका अध्यक्ष भुवन दाहालको छ । यसका लागि कार्यदल नै बनाएर समय तालिका सहित आवश्यक काम गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । अहिलेको प्रविधिको प्रयोगमा आफुहरु भन्दा पनि अपाङ्गता भएका व्यक्तिहरु अझ अघि रहेको भन्दै यो सेवामा उहाँहरुको पनि सहभागीता बढाउनुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष पद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुराहरु सुधार गर्दै जानुपर्ने कुरालाई औंल्यानु भयो । यसमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिने क्रममा नियामकको नीतिगत व्यवस्थासँगै आफ्नै आन्तरिक नीतिगत व्यवस्थालाई पनि कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यानपूर्वक काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएमको छ । 

सेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका धितोपत्र दलाल व्यवसायीहरुले पनि अस्पष्ट नीतिका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई चाहेर पनि ढुक्कसँग सुुविधा प्रदान गर्न नसकेको गुनासो गर्नु भएको छ । त्यस्ता प्रकारका व्यक्तिहरुलाई अझ विशेष प्रकारको सेवा दिनुपर्ने हो तर सम्झौतामा कतिपय नीतिगत अस्पष्टका कारण सबैलाई ढुक्क भएर सेवा दिन नसकेको जानकारी उहाँले दिनुभयो । नीतिगत स्पष्टतासँगै प्रविधिका प्रयोगका लागि वेव एक्सिबिलिटी गाइडलाइन्स र आर्थिक सुरक्षाका लागि बायोम्याट्रिक प्रणालीको विकास भए सेयर बजारमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सहजै सेवा प्रदान गर्न सकिने भनाई मैनालीको छ ।

मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले पनि आफुहरुले दिने सेवाप्रवाहलाई अपाङ्गतामैत्री बनाउनेतर्फ आन्तरिक रुपमै छलफलमा जुट्ने र थप छलफलका लागि आगामी दिनमा छुट्टै कार्यक्रमको समेत आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अपाङ्गता भएका व्यक्तिका लागि प्रविधिमा सहज बनाउन नीतिगत व्यवस्था अनुसारको सिस्टम विकासमा जोड दिनु भएको छ । अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुले प्रविधिको प्रयोगमै सेयर कारोबार गरिरहेको अवस्थामा समस्या र समाधानका विषयहरु प्रष्ट पारिदिए र त्यसपछि नीतिगत व्यवस्था भए सिस्टम विकासमा कुनै समस्या नहुने नेप्सेमा प्रमुख कार्यकारी अधिकृत साउदको भनाई छ ।

सेयर बजार अपाङ्गता भएका व्यक्तिहरुका लागि उपयुक्त व्यवसायिक क्षेत्र भएको प्रतिक्रिया आईरहदा नियामक निकाय नेपाल धितोपत्र बोर्र्डले पनि आगामी नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । पुँजीबजारको कारोबारका लागि सुचना सबैभन्दा महत्वपूर्ण कुरा रहेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँनु हुन्छ । 

यसर्थ अपाङ्गता भएका व्यक्तिहरुले तस्विर, डाटाहरुमा भएका सुचनाहरुलाई कसरी पढ्न सक्छन् भन्नेमा पनि ध्यान दिनुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनु भएको छ । सेयर कारोबारको राफसापका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गर्नुपर्र्नेे ढुङ्गानाको भनाई छ ।

कार्यक्रममा दृष्यिबिहीनहरुले आफूहरले कसरी वित्तीय सेवा लिँदै आएको, प्रविधिको उपयोग कसरी गर्दै आएको प्रस्तुती दिनु भएको थियो । उहाँहरुले यसरी सेवा लिने क्रममा आफूले भोग्दै आएको असहजता स्पष्ट पार्नुभयो ।