२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाथुराम बन्ने अभिब्यक्ति गलत रहेको भन्दै वैद्यले मागे माफी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीओली बिरुद्ध नाथुराम गोड्से बन्ने अभिब्यक्ति दिनुभएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले  आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी माग्नु भएको छ ।

वागमती प्रदेशसभाको  शुक्रवारको बैठकमा वैद्यले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गर्नुभयो । वैद्यको आग्रह पछि सभामुख सानुकुमार श्रेष्ठले उहाँको अभिब्यक्ति रेकर्डबाट हटाईएको जानकारी प्रदेशसभाको बैठकलाई गराउनु भएको छ ।