२७ फाल्गुन २०८१, मंगलवार
March 11, 2025 Tuesday
Latest
हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन राष्ट्रिय सुरक्षामा देखिएका नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड नदिनाला स्वच्छ राख्न नीतिगत निर्णय आवश्यकः उपप्रधानमन्त्री सिंह वनमन्त्री शाहीसँग र बेलायती राजदूतको शिष्टाचार भेट ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी गण्डकीका तीन लाखबढी परिवारको स्वास्थ्य प्रोफाइल तयार मालिका गाउँपालिकाले मनायो स्थापना दिवस प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता गण्डकी प्रदेश विजयी चेपाङ चिउरी चमेरो संरक्षण कार्यक्रम निर्देशिका संशोधन गर्ने बागमती प्रदेश सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई सभामुखको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसदलाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको माग गर्नुभएको थियो । संसद बैठकमा जानकारीको माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘माननीय सदस्यहरु अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धीको अपराध रहेको भन्दै संलग्नलाई कुनैपनि हालतमा छुट दिनु नहुने बताउनु भयो । उहाँले सरकारले अनुसन्धानलाई कमजोर बनाउने र छानबिनलाई प्रभावित पार्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यो केवल आर्थिक भ्रष्टाचार अथवा अंकसँग मात्रै सम्बन्धित विषय होइन । त्यो ठगि, राज्यबिरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्तेसम्बन्धी । अथवा यो एकप्रकारको जघन्य अपराध हो । यसमा संलग्न कुनैपनि मानिसहरुलाई छुट दिने कल्पनाको त कुरै नगरौँ । यसलाई कुनैपनि बाहानामा कमजोर बनाउने, यसबाट कसैलाई पनि उन्मुक्ति दिने काम सरकारले गर्नु हुँदैन । पछिल्लो दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि ?

अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु कहीँ कतैबाट आउन थालेका छन् । यसप्रकारको गल्ती सरकारको तर्फबाट नहोस् भन्ने हामी आग्रह गर्न चाहन्छौँ । यस्तो जघन्य अपराधमा, देशको बेइजति गर्ने, दुनियाँका अगाडी देशको शिर झुकाउने खालको क्रियाकलापमा पूर्व गृहमन्त्रीहरु, उपप्रधानमन्त्री भएका मानिसहरुको समेत नाम आउनु लज्जास्पद विषय हो । त्यसकारण यसको विषयमा अझ व्यापक जानकारी हुन जरुरी छ ।’

प्रतिनिधि सभा सदस्य सुशिला श्रेष्ठले कोशी प्रदेश नामाकरणको सम्बन्धमा संघर्ष समितिले गरेको शान्तिपूर्ण आन्दोलनको कार्यक्रममा सरकारले दमन गरेको भन्दै दमन गर्ने सोचले निकास नदिने बताउनु भयो । उहाँले आन्दोलनकारीसँग छिटोभन्दा छिटो वार्ता गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आन्दोलनलाई दमन गर्ने नीति हामीले लिनुहुन्न । दमन गर्ने सोचबाट अगाडी बढेमा निकास दिदैन । छिटोभन्दा छिटो आन्दोलनकारीसँग वार्ता गरियोस् । दमन गरेर शान्तिपूर्ण आवाजलाई निर्मुल गर्न सकिन्छ भन्नेकुरा नसोचियोस् ।’

उहाँले दमन गरेर शान्तिपूर्ण आवाजलाई निर्मुल गर्न सकिन्छ भन्नेकुरा नसोच्न चेतावनी समेत दिनुभयो ।