२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप यूएईमा सार्न पाकिस्तान तयार !



अ+ अ-

एजेन्सी । पाकिस्तानले एसिया कपका लागि एसियन क्रिकेट काउन्सिल (एसीसी)लाई नयाँ प्रस्ताव पठाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का प्रमुख नजम अजिज सेठीले यदि एसीसी सदस्यहरू भारतका खेलहरू अन्य देशहरूमा आयोजना गर्न तयार नरहेको खण्डमा पाकिस्तानले यूएईमा प्रतियोगिता आयोजना गर्न सक्ने बताएका छन् ।

नजम सेठीले मे ८ मा दुबईमा एसीसी सदस्यहरूसँग भेट गरे । यहाँ उनको हाइब्रिड मोडल प्रतियोगिताको प्रस्ताव अस्वीकार गरी एसिया कप पाकिस्तानमा आयोजना नगर्ने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । श्रीलंकालाई प्रतियोगिताको आयोजकत्व हस्तान्तरण गर्न सकिने बताइयपनि एसीसी प्रमुख जय शाहको आधिकारिक निर्णय भने आउन बाँकी छ ।

पीसीबी स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ कि सेठीले अर्को दिन अर्थात मे ९ मा पनि सदस्यहरूलाई भेटेका थिए । नयाँ प्रस्ताव हस्तान्तरण गर्दै नयाँ प्रस्तावलाई स्वीकार नगरे पाकिस्तान प्रतियोगिताबाट बाहिरिने संकेत पनि दिएको छ । सेप्टेम्बर २ देखि १७ सम्म हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले खेल्नेछन् ।

आईसीसीले सन् २०२३ मा हुने एसिया कपको आयोजना पाकिस्तानलाई दिएको छ । बीसीसीआईले क्यालेन्डर सार्वजनिक हुनेबित्तिकै भारतीय टोली पाकिस्तान खेल्न नजाने स्पष्ट पारेको थियो । दुई देशबीचको मतभेदका कारण बीसीसीआईले एसिया कप तटस्थ स्थानमा आयोजना गर्न आग्रह गरेको थियो । पाकिस्तान क्रिकेट बोर्ड सहमत भएन, किनकि उसले एसिया कपबाट नै आफ्नो बिग्रिँदै गएको आर्थिक अवस्था सुधार्ने आशा राखेको छ ।

८ मे मा एसीसीका सदस्यहरू दुबईमा भेला भए । यहाँ पीसीबी प्रमुख नजम सेठीले एसिया कपका लागि हाइब्रिड मोडल प्रस्ताव राखेका छन् । सोही अनुसार भारतको खेल युएईमा र पाकिस्तानको खेल पाकिस्तानमा मात्र गराउने प्रस्ताव गरिएको थियो ।

एसीसीले हाइब्रिड मोडलको प्रस्ताव कहिल्यै पनि यस मोडलको पक्षमा नरहेको भन्दै अस्वीकार गरेको थियो । बजेट र टोलीले सामना गर्ने समस्याका कारण एसीसीले यो मोडललाई स्वीकार गर्दैन । स्रोतका अनुसार एसीसीले पाकिस्तान र भारत एउटै समूहमा परेमा यो समूहको तेस्रो टोलीले पाकिस्तान र युएईबीच पनि यात्रा गर्नुपर्नेछ । प्रसारणकर्ताहरू पनि दुई देशहरूमा छुट्टै युनिटहरू पठाउन चाहँदैनन् ।

स्रोतका अनुसार श्रीलंकाले बीसीसीआईलाई साथ दिएर आयोजकको प्रस्ताव गरेकोमा पीसीबी प्रमुख सेठी छक्क परेका छन् । फेब्रुअरीमा भएको एसीसीको पछिल्लो बैठकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानले श्रीलंकामा आयोजना गर्ने प्रस्ताव अस्वीकार गरेका थिए । पछिल्लो बैठकमा आयोजकका रुपमा पाकिस्तानलाई निरन्तरता दिने सहमति भएको थियो ।

पीसीबी स्रोतका अनुसार सेठीले एसीसीको अगाडि बीसीसीआईको समस्याबारे पनि कुरा गरेका थिए । बीसीसीआईले सेप्टेम्बरमा युएईको मौसम खेलकुदका हिसाबले निकै तातो हुने बताएको थियो । नजम सेठी २०२० मा बीसीसीआईले सेप्टेम्बरदेखि नोभेम्बरसम्म मात्र यूएईमा आईपीएल खेलहरू आयोजना गरेको स्मरण गराउँछन् ।

एसीसी स्रोतका अनुसार सदस्य राष्ट्रहरू एसिया कप श्रीलंकामा आयोजना गर्ने पक्षमा छन् । यसबारे एसीसीको आधिकारिक धारणा आउन बाँकी छ । पीसीबी स्रोतका अनुसार नजम सेठीले एसीसी बैठकमा जानुअघि नै बोर्डका सदस्यहरूसँग कुरा गरेका थिए । उनले एसिया कप पाकिस्तानमा नहुने हो भने पीसीबीले त्यस अवधिमा ३–४ देशको प्रतियोगिता आयोजना गर्ने तयारी थाल्नुपर्ने बताएका थिए ।

पाकिस्तान क्रिकेट बोर्डले पनि विश्वकप नखेल्ने धम्की दिएको छ । एकदिवसीय विश्वकप यसै वर्षको अक्टोबरमा भारतमा हुने भएको छ । पीसीबीले एसिया कप खेल्न नआए भारतमा पनि खेल्न नजाने धम्की दिएको छ । साथै, पाकिस्तानले आईसीसीलाई विश्वकपमा आफ्ना खेलहरू भारतबाट बाहिर सार्न अनुरोध पनि गरेको छ ।