२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीलाई दोस्रोपटक लौरियस अवार्ड



अ+ अ-

एजेन्सी । अर्जेन्टिना फुटबल टिमका कप्तान तथा दिग्गज फुटबल खेलाडी लियोनल मेसी लौरियस स्पोर्ट्स म्यान अफ द इयर अवार्डबाट सम्मानित भएका छन् ।

सोमबार पेरिसमा आयोजित एक कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको हो । साथै अर्जेन्टिनाको टोली लौरियस वर्ल्ड टिम अफ द इयर घोषित भयो । योसँगै मेसी एकै समयमा स्पोर्ट्स म्यान अफ द इयर र टिम अफ द इयर दुवै पाउने पहिलो खेलाडी बनेका छन् ।

गत वर्षको अन्त्यमा भएको फिफा विश्वकप जितेकोमा मेसी र अर्जेन्टिनालाई यो सम्मान दिइएको हो । कतारमा भएको यस प्रतियोगिताको फाइनलमा मेसीले आफ्नो टोलीका लागि फाइनलमा दुई महत्वपूर्ण गोल गरेका थिए ।

विजेताको निर्णय पेनाल्टीबाट भएको थियो । निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । मेसीको करियरको यो पहिलो विश्वकप उपाधि हो ।

मेसीले दोस्रो पटक लौरियस स्पोर्ट्स म्यान अफ द इयर अवार्ड जितेका हुन् । यसअघि सन् २०२० मा उनलाई फर्मुला वन चालक लुइस ह्यामिल्टनसँगै यो अवार्ड दिइएको थियो ।

लौरियस वल्र्ड स्पोर्ट्स अवार्डका लागि खेलाडी र टोलीलाई उनीहरूको प्रदर्शनका आधारमा विश्व सञ्चार माध्यमले सबैभन्दा पहिले मनोनयन गर्ने गरेको छ । लौरियस वल्र्ड स्पोर्ट्स एकेडेमीका ७१ सदस्यले बहुमतले विभिन्न अवार्डका लागि खेलाडी र टोली छनोट गर्छन् । यस अवार्डको स्थापना सन् २००० मा भएको थियो । त्यसयता हरेक वर्ष यी अवार्ड प्रदान गरिँदै आएको छ ।