• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री डा. महत



काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताउनुभएको छ ।

राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उहाँले सामाजिक सुरक्षाका विषयमा केही आशंका उठे पनि सरकारले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती नहुने स्पष्ट गर्नुभयो ।

सरकारले प्रतिबद्धता गरेका कुराहरुबाट पछि नहट्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौँ ।”

सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने उहाँको भनाइ थियो । उहाँका अनुसार सरकारको ध्यान अनावश्यक संरचना घटाउने र पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ ।

अर्थमन्त्री डा महतले अर्थतन्त्र चलायमान बनाउने र अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने बताउँदै भन्नुभयो, “एकै वर्षमा सबै हुन्छ भनेर म भन्न सक्दिन, यो लामो प्रोसेस हो, गाडी अगाडि बढ्न इन्जिन ठीक भएर हुँदैन, ब्रेकमात्र ठीक भएर हुँदैन, टायर ठीक भएर पनि हुँदैन, सबै पाटपूर्जा एकै लक्ष्यसाथ अगाडि जानुपर्छ ।”

अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उहाँको भनाइ थियो । सकेसम्म यो सिष्टमलाई यही आर्थिक वर्षभित्र सुधारेर नयाँ मार्गमा जान सकिने उल्लेख गर्दै उहाँले हामी सबैको सहयोग र एकाग्रताबाट त्यो सम्भव हुने स्पष्ट गर्नुभयो ।

अर्थमन्त्री डा महतले अर्थतन्त्र चलायमान बनाउन आर्थिक वर्षको सुरुदेखि नै पुँजीगत खर्च बढाउन पहल गर्ने भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताउनुभयो ।

हाम्रो संयन्त्रमा ढिलासुस्ती छ भन्दै उहाँले पुँजीगत खर्चको प्रभावकारिकता बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो संयन्त्रमा अन्तिम समयमा खर्च गर्ने प्रचलन छ । हामी डे वानदेखि खर्चको मनिटरिङ गर्छौं ।”