• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

नटिङहम फरेस्टद्वारा साउथह्याम्प्टन पराजित



एजेन्सी । इंगिलस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङहम फरेस्टले जित निकालेको छ । गएराति भएको खेलमा नटिङहमले साउथह्याम्प्टनलाई घरेलु मैदानमा ४–३ गोलले हराएको हो ।

नटिङहमलाई जित दिलाउन ताइओ एओनीइले दुई तथा मोर्गान गिब्स ह्वाइट(पेनाल्टीमा) र डानिलोले एक–एक गोल गरे । साउथह्याम्प्टनका कार्लोस अल्काराज, ल्यान्को र जेम्स वार्ड प्रोसेले (पेनाल्टीमा) गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

यो नतिजासँगै नटिङहम ३५ खेलबाट ३३ अंकका साथ तालिकाको १६ औं स्थानमा रहँदा साउथह्याम्प्टन समान खेलबाट २४ अंकका साथ पुछारमा छ । यो हारपछि साउथह्याम्प्टन रेलिगेसनमा पर्ने लगभग निश्चित भएको छ ।