२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलको वर्षा भएको रोमाञ्चक खेलमा फुलहमले लेस्टर सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंगिलस प्रिमियर लिग फुटबल अन्तर्गत गोलको वर्षा भएको खेलमा फुलहमले जित निकालेको छ । गएराति भएको खेलमा फुलहमले लेस्टर सिटीलाई ५–३ गोलले पराजित गरेको हो ।

फुलहमलाई घरेलु मैदानमा जित दिलाउन विलियन र टम कायर्नीले दुई–दुई गोल गरे भने कार्लोस भिनिसियसले एक गोल थपे । लेस्टरका हार्भी बान्र्सले दुई तथा जेम्स म्याडिसनले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यो नतिजासँगै फुलहम ३५ खेलबाट ४८ अंकका साथ तालिकाको १० औं स्थानमा छ । यस्तै समान खेलबाट ३० अंकका साथ लेस्टर सिटी भने १८ औं स्थान (रेलिगेशन जोन)मा छ ।