२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसदको अर्थमन्त्रीलाई सुझाव



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अर्थमन्त्री डा प्रकाशशरण महतलाई रु ५०० र १००० का नोटमाथि प्रतिबन्ध लगाउन सुझाव दिनुभएको छ ।

राष्ट्रियसभाको आज जारी प्रिबजेट छलफलमा उहाँले पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने बताउनुभयो ।

“पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?”, सांसद पन्तले भन्नुभयो, “बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौँ अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेकाँछौं र हिम्मत छ भने ।” यति गर्न सकियो भने यो पलायन हुँदै गएको अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उहाँको भनाइ थियो ।

सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिँदै उहाँले भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने बताउनुभयो ।