२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसदको अर्थमन्त्रीलाई सुझाव



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अर्थमन्त्री डा प्रकाशशरण महतलाई रु ५०० र १००० का नोटमाथि प्रतिबन्ध लगाउन सुझाव दिनुभएको छ ।

राष्ट्रियसभाको आज जारी प्रिबजेट छलफलमा उहाँले पैसा कि कसैको घरमा बाँधिएर बसेको कि सेयरमा रहेको उल्लेख गर्दै बोरामा बाँधेर राखेका पैसालाई प्रतिबन्ध गर्नुपर्ने बताउनुभयो ।

“पैसा एउटाको खल्तीबाट अर्कोको खल्तीमा जान नपाएपछि कसरी अर्थतन्त्र चलायमान हुन्छ ?”, सांसद पन्तले भन्नुभयो, “बोरामा बाँधेका पैसाहरु पाँच सय र हजारका नोटलाई ब्यान्ड गरौँ अर्थमन्त्रीज्यू यदि हामीले समस्या बुझेकाँछौं र हिम्मत छ भने ।” यति गर्न सकियो भने यो पलायन हुँदै गएको अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उहाँको भनाइ थियो ।

सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिँदै उहाँले भन्सारको चुहावट रोक्न के गर्ने हो त्यो स्पष्ट भन्ने, वैदेशिक लगानी बढाउने मात्रै नभनेर लगानीका लागि वातावरण बनाउन ठ्याक्कै के गर्ने हो त्यो भन्नुपर्ने बताउनुभयो ।