२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः फ्रि हिटले खेल मोडियो, हैदरावादले पहिलोपटक २०० माथिको लक्ष्य भेट्टायो, राजस्थान स्तब्ध



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) –२०२३ को निकै रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ ।

सन्दीप शर्माको ओभरमा खेलको अन्तिम बलमा हैदरावादले बोनसको रूपमा पाएको फ्रि हिटले खेलको पासा पल्टियो ।

हैदरावादलाई अन्तिम बलमा ५ रन चाहिएको थियो, जब सन्दीप शर्माको २० औं ओभरको अन्तिम बलमा अब्दुल समद समातिए पनि बाहिरिएनन् ।

यहाँ अम्पायरले ‘नो बल’को संकेत दिए । अब टोलीले एक बलमा ४ रन बनाउनु परेको थियो जसलाई अब्दुल समदले छक्का हानेर खेल हैदरावादलाई जिताए ।

हैदरावादले पहिलो पटक २०० माथिको रनको लक्ष्य पछ्यायो । २०० माथिको रनको लक्ष्य पछ्याउँदै टोलीले ११ खेल गुमाएको थियो ।

यो जितसँगै हैदरावादले प्लेअफमा प्रवेश गर्ने आशा जीवित राखेको छ । टोलीले प्लेअफ प्रवेशका लागि बाँकी सबै खेल जित्नुपर्नेछ । जारी सिजनमा हैदरावादको यो चौथो जित हो । टोलीको खातामा ८ अंक छ ।

जयपुरको सवाई मानसिंह स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा २ विकेट गुमाएर २१४ रन बनाएको थियो । हैदरावादका ब्याट्सम्यानले २० ओभरमा ६ विकेट गुमाएर २१५ रनको लक्ष्य पुरा गरेका थिए । १९ औं ओभरमा तीन छक्का र एक चौका प्रहार गर्ने ग्लेन फिलिप्स प्लेयर अफ दि म्याच भए ।

पहिले ब्याटिङ गरेको राजस्थानका शीर्ष ३ ब्याट्सम्यानले दमदार रन बनाए । ओपनर यशस्वी जैसवालले ३५, जोस बटलरले ९५ र कप्तान सञ्जु सामसनले अविजित ६६ रन बनाए । हैदरावादका भुवनेश्वर कुमार र मार्को यानसेनले एक–एक विकेट लिए ।

जवाफी इनिङ्समा अनमोलप्रीत सिंह (३३ रन) र अभिषेक शर्मा (५५ रन)ले हैदरावादलाई सुखद सुरुवात गराए । मध्यक्रममा राहुल त्रिपाठीले ४७ रनको योगदान दिए । त्यसपछि हेनरिक क्लासेनले १२ बलमा २६ रन र ग्लेन फिलिप्सले ७ बलमा २५ रन बनाएर आफ्नो टोलीलाई लक्ष्यको नजिक पुर्याएका थिए । अब्दुल समदको ७ बलमा १७ रनको पारीले बाँकी काम गर्यो ।

राजस्थानका लागि युजभेन्द्र चहलले ४, कुलदीप यादव र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए ।