२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलविरुद्ध आर्सनल विजयी, उपाधि आशा जिवितै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई उसकै घरेलु मैदान जेम्स पार्कमा २–० गोेलले पराजित गरेको हो ।

रोमाञ्चक बनेको खेलमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले एक गोल गरे भने अर्को गोल न्युक्यासलका फावियन सेहारले आत्मघाती गोल गरे ।

खेलको १४ औं मिनेटमा ओडेगार्डले डी–बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै पाहुना टोली आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई जर्जिन्होले पास उपलब्ध गराए ।

यस्तै ७१ औं मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले सशक्त क्रस गरेको बल सेहरको खुट्टामा लागेर गोल हुन पुग्यो । जितसँगै आर्सनलले उपाधिको आशा जिवितै राखेको छ ।

३५ खेलबाट ८१ अंकका साथ आर्सनल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ८२ अंक छ । यस्तै, न्युक्यासल ३४ खेलबाट ६५ अंकका साथ तेस्रो स्थानमा छ ।