२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद स्मारक ‘ए’ डिभिजनः मच्छिन्द्रको जित



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आईतवार साविक विजेता मच्छिन्द्र क्लवले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव संकटासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिष्पर्धामा आईतवार सम्पन्न खेलमा मच्छिन्द्रले एपिएफले लिएको अग्रतालाई उल्टाउँदै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । प्रतिष्पर्धात्मक खेलको ३६ औं मिनेटमा अर्मान्ड विडोमले एपिएफलाई अग्रता दिलाएका थिए । विडोमले विकी तामाङले उपलब्ध गराएको बललाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा ओमोलाजा करिमले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई बराबरीमा ल्याएपछि दोस्रो हाफ थप रोमाञ्चक भएको थियो । दोस्रो हाफमा दुवै टोलीले अगाडि बढेर खेल्दै केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा ओलावाले अफिजले गोल गर्दै मच्छिन्द्रलाई २–१ को रोमाञ्चक जित दिलाए । अफिजले पेनाल्टी क्षेत्र बाहिबाट उत्कृष्ट गोल गरेका थिए ।

यसअघि २५ औं मिनेटमा पुजन उपरकोटीको प्रहारलाई एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । ६७ औं मिनेटमा नविन लामाको कर्नर प्रहारलाई मच्छिन्द्रका गोलकिपर विशालले श्रेष्ठले पन्च गर्दै टोलीको संकट टारे । ७२औं मिनेटमा एपिएफका नविनको प्रहारमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै प्रयासलाई विफल बनाउन सफल भए । यसअघि पहिलो लेगमा एपिएफ १–०ले विजयी भएको थियो । जितसँगै मच्छिन्द्र १५ खेलमा ६ जित,६ बराबरी र तीन हारको नितजासहित २४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । यो दोस्रो स्थानमा रहेको जावलाखेल र तेस्रो स्थानमा रहेको थ्री स्टारसँग बराबरी अंक हो । पराजय व्यहोरेको एपिएफ समान खेलमा पाँच जित, चार बराबरी र ६ हारको नतिजासहित १९ अंक जोडेर नवौं स्थानमा छ ।

लिग अन्तर्गत आईतवार नै भएको अर्को खेलमा त्रिभुवन आर्मीले शुरुवाती अग्रतालाई जोगाउन नसक्दा संकटा क्लवसँग अंक बाँड्न बाध्य भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा विभागीय आर्मीले संकटा बाँडेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलको १८औं मिनेटमा भरत खवासको थु्र बललाई नवयुग श्रेष्ठले सदुपयोग गर्न सफल भएका थिए । इन्जुरी समयमा भरत चौधरीले जुनियर एन्कुंगेलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टी पाएको थियो । जसलाई लेबनानी फरवार्ड युसुफ आट्रिषले सदुपयोग गर्दै खेल बराबरीको अवस्थामा ल्याउँदा आर्मीले तीन अंक जोड्न चुकेको हो । यसअघि पहिलो लेगमा दुई टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

बराबरीसँगै आर्मीले पाँचौं स्थानमा रहेको सातदोबाटोसँग अंक बराबरी गर्ने अवसबरबाट चुकेको छ । बराबरी पछि आर्मी १५ खेलबाट २१ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । १७ अंक जोड्दै संकटा रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।

लिगमा सोमवार दुई खेल हुनेछन् । दिनको पहिलो खेल च्यासल मैदानमा फ्रेण्ड्स क्लव र खुमलटार युथ क्लव तथा दोस्रो खेल एन्फा मुख्यालयमा नेपाल पुलिस क्लव र मनाङ मस्र्याङ्दी फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।