• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सांसद सुवालले संसदमा उठाए प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रश्न



काठमडौं । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट पुनः विश्वासको मत लिनुपर्ने कुरा उठाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले प्रधानमन्त्रीले विश्वासको मात लिनुपर्ने कुरा उठाएका हुन् ।

“प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिइसकेको हुनाले अब यो सरकारले विश्वासको मत लिनुपर्छ,” सुवालले भने ।