४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

५० फिटको ह्वेलले यी अमेरिकी युवकलाई निलेपछि…

५० फिटको ह्वेलले यी अमेरिकी युवकलाई निलेपछि…
अ+ अ-

एजेन्सी । समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्। संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला विशाल जीव ह्वेलको मुखभित्र करिब ३०-४० सेकेन्ड परेको प्याकर्डले बताए।

त्यसपछि ह्वेलले उनलाई थुकिदिएको बताइएको छ। प्याकर्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहेक अरू केही नभएको बताइएको छ। उनकी श्रीमतीले उनलाई अर्को जागिर खोज्न आग्रह गरिरहेकी छन् तर उनी ४० वर्षदेखिको आफ्नो करिअर छोड्ने सोचमा छैनन्।

हम्पब्याक ह्वेल ५० फिटसम्म लामो हुन सक्ने र त्यसको तौल ३६ टनसम्म हुन सक्छ। विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफका अनुसार संसारभर उक्त ह्वेलको सङ्ख्या ६० हजार रहेको छ।

प्याकर्डले स्थानीय अखबार केप कड टाइम्सलाई भने अनुसार उनी र उनका सहकर्मीहरू डुङ्गामा शुक्रवार बिहान समुन्द्रतिर गएका थिए। उनका अनुसार मौसम सफा थियो र २० फिट परसम्मका दृश्य सजिलै देखिन्थो। समुन्द्रको पानीमुनि जान लगाइने स्कूबा लुगा लगाएर पानीमा हाम फाल्दा उनले ठूलो बस्तु आफ्ना अगाडि देखे त्यसपछि सबैकुरा कालो भयो।

आफूलाई त्यो क्षेत्रमा पाइने ठूलो सेता शार्कले आक्रमण गरेको अनुमान गरे, "त्यसपछि मैले वरिपरि शार्कको जस्तो दाँत नभएको महसुस गरेँ।"

कसरी बाहिर निस्के ?
"हे भगवान् म त ह्वेलको मुखभित्र छु र उसले मलाई निल्ने कोसिस गरिरहेको छ भन्ने थाहा पाएँ। यत्ति नै भयो, म मर्ने भएँ।" त्यसपछि आफूले आफ्नी श्रीमती र १२ र १५ वर्षका आफ्ना छोरा सम्झेको बताए।

त्यसपछि अचानक उनी पानीमाथि पुगे र टाउको हल्लाउन थाले। "मलाई हावामा फालियो, त्यसपछि पानीमा खसेँ। म मुक्त भएको थिएँ र पानीमा तैरिरहेको थिएँ। मैले विश्वास नै गर्न सकिन‘ सब कथा सुनाउन म यहाँ छु।" उनका सहकर्मीहरू उनलाई अधैर्य भएर खोजिरहेका थिए। उनीहरूले प्याकर्डलाई देखे र डुङ्गामा ल्याए।

प्रोभिन्सटाउन फायर डिपार्टमेन्टले सीबीएस न्यूज एजेन्सीलाई स्थानीय समय बिहान सवा आठ बजे झिँगे माछा समात्ने मानिसलाई सहयोग आवश्यक परेको खबर पाएको पुष्टि गरेको छ। उनी अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकारहरूले उनको अन्तर्वार्ता लिएका थिए।

हम्पब्याक ह्वेलले मुख बाएर जति सक्छ उति धेरै खानेकुराहरू निल्छ। वैज्ञानिकहरूले प्याकर्डलाई जे भयो त्यो एक प्रकारको दुर्घटना भएको ठान्छन्। एकजना विज्ञले केप कड टाइम्सलाई ह्वेलले मानिस निलेको अहिलेसम्म नसुनेको बताए।

(बीबीसी नपाली)