• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुरेन्द्र आचार्यलाई, आजै शपथ लिने



काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न साढे १२ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

महिला बालबालिका मन्त्रालय हेरिरहेका नेसपाका महेन्द्रराय यादवलाई वन वा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।