५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

इजरायलको संसदमा आइतबार प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान

इजरायलको संसदमा आइतबार प्रधानमन्त्री नेतन्याहूको सरकार विरुद्ध मतदान
अ+ अ-

जेरुसेलम । इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहनु भएको छ ।

प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ ।

इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई विस्थापित गर्न नसके संसदको निर्वाचनमा देश होमिनु पर्नेछ । सन् २०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसकेको छ, तर कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन भने गठबन्धन निर्माण पनि हुन सकेका छैनन् ।

भ्रष्टाचारको आरोप खेपिरहनु भएका प्रधानमन्त्री नेतन्याहूले उक्त आरोपलाई विपक्षीहरुले अनावश्यक उछाली रहेको बताउँदै आफू् कुनै पनि भ्रष्टाचारका कार्यहरुमा संलग्न नरहेको दाबी गर्नु भएको छ ।

शनिबार राति करिब दुई हजार प्रदर्शनकारीले नेतन्याहूको निवास बाहिर सत्ता त्याग्नुपर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा सहभागी ओफिर रोबिन्स्कीले नेतन्याहूको बहिर्गमनको दिन आइसकेको बताउनुभयो ।

आठ वटा दलहरुको कमजोर गठबन्धनले नेतन्याहूलाई यस पटक चुनौती दिँदैछ । यस गठबन्धनमा यहूदी राष्ट्रवादी यामिना पार्टीदेखि अरब सांसदहरु समेत रहेका छन् । शुक्रबार गठबन्धन निर्माणका लागि दलका नेताहरुबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतालाई संसदको सचिवालयमा दर्ता गरिएको यामिना पार्टीले जनाएको छ । विपक्षी गठबन्धनका नेता याइर लापिडले नेता नाफ्ताली बेनेटलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ । नयाँ सरकार बन्ने स्थितिमा पूर्व रक्षा मन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नु हुनेछ । 

गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्नु हुनेछ । नेतन्याहूको विपक्षमा निर्माण भएको गठबन्धनमा तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुई वटा बामपन्थी पार्टीहरुका साथै अरब इस्लामिक पार्टी समावेश छन् । (रासस–एएफपी)