२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर गठी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरुकै नाम जोडिएपछि उनीहरुलाई जोगाउन शीर्ष नेताहरु सक्रिय भएका छन् । ठगी गिरोहमा संंलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी बहालवाला सांसद पनि हुन् ।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनी कतै नभाग्ने भन्दै पक्राउ नगर्न घुमाउरो भाषामा दबाब दिएका थिए । अहिले रायमाझी सम्पर्कबिहीन छन् । रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक भेटिसकेका छन् । झण्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा नियुक्ति प्रक्रिया अघि बढाउन र मुलुकका यावत् समस्यामा कुनै चासो नदिएका ओली अहिले रायमाझी जोगाउन भने सक्रिय छन् ।

अहिलेसम्म प्रहरी अनुसन्धानले ठगी गिरोहमा एमाले सचिव रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, थापा गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार रहेका इन्द्रजीत राई, उनका छोरा निरजसहितको संलग्नता देखिएको छ । सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाकार राई, एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ । टोपबहादुर रायमाझी, प्रतीक थापा र निरज राईलाई अनुसन्धान दायरामा ल्याउन पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौँ जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझीसहितलाई अनुसन्धानको दायरामा ल्याउन सघाउनुको साटो एमाले नेतृत्व जोगाउन सक्रिय भएको छ ।

ललितानिवास जग्गा प्रकरणमा तत्कालीन नेकपा महासचिव विष्णु पौडेल (हाल एमाले उपाध्यक्ष), कांग्रेस उपसभापति विजयकुमार गच्छेदारसहितका नेता तानिएको थिए । तर राजनीतिक नेतृत्वको बलमा पौडेलसहितका केही नेता र कर्मचारीविरुद्ध मुद्दा दायर भए पनि त्यसपछिका प्रक्रिया अघि बढ्न नसकेको अवस्था छ । ३३ किलोल सुन प्रकरणमा पनि अहिलेसम्म अनुसन्धान प्रभावकारी ढंगबाट हुन सकेको छैन ।

नेपालीलाई नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा एमालेसहितका दलका नेताहरुको संलग्नता देखिँदै गएपछि सत्ताको मोलमोलाई गरेर दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आशंकालाई शनिबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटले बल पुर्याएको छ । ओलीले बिहीबार पनि प्रधानमन्त्री दाहाललाई भेटेपछि रायमाझीलाई पक्राउ गर्ने कुरा रहस्यमय र षडयन्त्रपूर्ण रहेको बताएका थिए । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।