६ भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिड्स युनाइटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले आर्सनलसँगको अंक दुरी बढायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन दुबै गोल इल्काए गुन्डोवानले गरे । लिड्सका रोड्रिगो मोरेनोले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा गोल थप्दै गुन्डोवानले सिटीको अग्रता दोब्बर पारे । ८५ औं मिनेटमा मोरेनोले गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

खेलको ८४ औं मिनेटमा गुन्डोवानले पेनाल्टीमा गोल गर्न चुकेपछि उनले ह्याट्रिक गर्ने मौका गुमाएका थिए । जितसँगै सिटीले दोस्रो स्थानको आर्सनलसँग चार अंकको अग्रता बनाएको छ । ३४ खेलबाट सिटी ८२ अंकका साथ शीर्षस्थानमा रहँदा आर्सनल समान खेलबाट ७८ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

लिड्स ३५ खेलबाट ३० अंकका साथ १७ औं स्थानमा छ ।