२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री सामन्थालाई नेटफ्लिक्सबाट ८ करोड अफर



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री सामन्था अक्किनेनी अभिनीत वेब सिरिज ‘द फेमिली म्यान २’ हालै ओटीटी प्लेटफर्ममा अमेजन प्राइम भिडियोबाट सार्वजनिक भएको छ । जसमा सामन्थाको तमिल गुरिल्लाको भूमिकालाई दर्शकले निकै मन पराएका थिए । 
 
नेटफ्लिक्सले उक्त सिरिजका मुख्य पात्र मनोज बाजपेयीलाई एक दमदार वेब शो अफर गरेको छ भने सामन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अफर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
 
सामन्थाले नेटफ्लिक्सको प्रस्ताव स्वीकार गरिसकेकी छैनन् । उक्त वेब सिरिजका लागि उनलाई ८ करोड अफर गरिएको बताइएको छ । जबकि, ‘द फेमिली म्यान २’ मा उनले ४ करोडमा काम गरेकी थिइन् ।