७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै



अ+ अ-

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा हिजो पक्राउ परेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज बुद्ध एयरको विमानमार्फत् काठमाडौँ ल्याउन लागिएको छ ।

उनलाई हिजो बुटवलबाट पक्राउ गरिएको थियो । उनलाई विमानमार्फत काठमाडौँ ल्याउनका लागि भैरहवास्थित विमानस्थलमा पुर्याइएको छ । तर आज विहानको मौसम खराब भएकाले ल्याउन केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।

छोरा पक्राउ परेपछि हिजो काठमाडौँ आउनका लागि विमानको टिकट काटेका टोपबहादुर रायमाझी भने अन्तिम समयमा टिकट रद्द गरेका छन् । उनी हाल कहाँ छन् भन्नेमा प्रहरीले खोजी जारी राखेको छ । हिजो अर्घाखाँचीमा भएको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँग सहभागी भएपछि उनी काठमाडौँ फर्कने कार्यक्रम थियो । तर छोरा पक्राउ परेपछि भने उनी काठमाडौँ नआइ उतै बसेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरेको थियो । उनलाई पेप्सीकोलाबाट बुधबार दिउँसो पक्राउ गरिएको हो । पाण्डे उपराष्ट्रपति कार्यालयमा सचिव थिए । उहाँ २०७८ साउन २७ लदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहनुभएको थियो । पक्राउ परेसँगै उहाँ निलम्बनमा पर्नुभएको छ । पाण्डेलाई तीन दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति समेत दिएको छ ।

सोही प्रकरणमा अर्का योजनाकार पूर्वगृहसचिव रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पै्रहरीले मंगलबार पक्राउ गरेको थियो । प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।