२० आश्विन २०८१, आईतवार
,
Latest
दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादका ‘किंग’ कोहली



अ+ अ-

एजेन्सी । आईपीएलमा विराट कोहली र गौतम गम्भीरबीचको विवादले अझै चर्चा बटुलिरहेको छ । सोमबार लखनउ सुपरजायन्ट्स र रोयल च्यालेन्जर्सबीचको खेल दौरान दुवै दोस्रो पटक आमनेसामने आए । यो विवादले सामाजिक सञ्जालमा त्रास फैलाएको छ । फ्यानहरू दुई पक्षमा विभाजित छन् । कोही फ्यान विराटको पक्षमा छन् भने कोही फ्यानले उनको कार्यको विरोध गरिरहेका छन् ।

तर, मैदानमा विराटको विवाद कुनै नौलो होइन । उनी मैदानमा प्रवेश गर्दा आक्रामकताका लागि परिचित छन् । कयौं पटक यो आक्रामकताले विवादको रुप समेत लिएको छ ।

यसैबीच उनै विवादका ‘किंग’ कोहलीबारे उनीसँग जोडिएका विवादहरुबो आज यहाँ चर्चा गरौँ ।

विराट कोहलीको मिचेल जोन्सनसँग भिडन्त


सन् २०१४ मा भारतको अष्ट्रेलिया भ्रमणको धेरै चर्चा भयो । त्यतिबेला कोहलीलाई सचिन तेन्दुलकरको स्थानमा लिइएको थियो । फ्यानहरू कोहलीले सचिनको अनुपस्थितिको पूर्ति गरेको हेर्न चाहन्थे । यसअघि उनको इंग्ल्याण्ड भ्रमण निकै खराब रह्यो । तर, कोहलीले अष्ट्रेलियाविरुद्ध शानदार पुनरागमन गर्दै चार शतक बनाए । तर, शृंखलाको तेस्रो टेस्टमा उनको आक्रामकताले निकै चर्चा पायो । अष्ट्रेलियाका तिब्र गतिका बलर मिचेल जोन्सनले कोहलीको बलिङमा थ्रो प्रहार गरेका थिए । यसबाट कोहली खुसी थिएनन् । यसपछि दुवै पटक–पटक आमनेसामने भए र शब्द आदानप्रदान भए । यो खेलमा कोहलीले १६९ रनको शानदार इनिङ खेलेका थिए । अन्त्यमा जोन्सनले कोहलीलाई पेभिलियन पठाए ।

टिम पेनसँग कोहलीको झगडा


२०१८–१९ मा भारतको अष्ट्रेलिया भ्रमणमा कोहली र टिम पेनको झगडाको पनि निकै चर्चा भएको थियो । कोहली र पेनले टेस्ट शृंखलामा धेरै पटक आपसमा भिडन्त गरेका थिए । पेनले भनेका थिए कि कोहलीले खेलका क्रममा आफ्ना खेलाडीहरू आउट हुँदा गलत तरिकाले मैदान छोड्न संकेत दिएका थिए । त्यसैले पेन आफ्ना खेलाडी कमजोर छैनन् भन्ने देखाउन चाहन्थे । यही कारण थियो कप्तान भएर पेनले कोहलीलाई जवाफ दिइरहेका थिए । चार खेलको टेष्ट सिरिजमा भारतले अष्ट्रेलियालाई २–१ ले हराएको थियो । भारतले पहिलो पटक अष्ट्रेलियालाई उसकै घरमा टेष्ट सिरिजमा पराजित गरेको थियो ।

फ्यानलाई देश छोड्न आग्रह गरे


कोहलीसँग जोडिएको यो घटनाले निकै चर्चा पायो । वास्तवमा, एक फ्यानले भनेका थिए कि विराट कोहली धेरै ओभररेट गरिएको ब्याट्सम्यान हुन् । ती फ्यानले भारतीय खेलाडीभन्दा अष्ट्रेलिया र इंग्लिस खेलाडीको ब्याटिङ हेर्न रुचाउने बताएका थिए । फ्यानको यो कुरा विराटलाई मन परेन । यसको जवाफ दिँदै कोहलीले भनेका थिए कि या त फ्यानले देश छाड्नु पर्छ वा आफ्नो प्राथमिकताहरू ठीक गर्नुपर्छ ।

कोहलीले भनेका थिए, ‘मलाई लाग्दैन कि तपाई भारतमा बस्नुपर्छ । तपाई कतै गएर बस्नुपर्छ । किन हाम्रो देशमा बसेर अरु देशलाई माया गर्ने ? यदि तपाई मलाई मन पराउनुहुन्न भने मलाई कुनै आपत्ति छैन, तर मलाई लाग्दैन कि तपाई हाम्रो देशमा बस्नुपर्छ र अन्य चीजहरूलाई मन पराउनुपर्छ । आफ्नो प्राथमिकताहरू ठिक गर्नुहोस् ।

कोहली र अनुष्कालाई लिएर गावस्करको टिप्पणी


आईपीएल २०२० को समयमा, भारतका महान ब्याट्सम्यान सुनिल गावस्कर आफ्नो एक टिप्पणीका कारण विवादमा फसेका थिए । वास्तवमा, कोहली र अनुष्का कोरोनाको कारण लकडाउनको समयमा घरमा क्रिकेट खेल्दै देखिएका थिए । उक्त तस्विरमा कोहली ब्याटिङ गरिरहेका थिए भने अनुष्काले बल थ्रो गरिरहेकी थिइन् । केही दिनपछि आईपीएल २०२० सुरु भयो । लिगका क्रममा कोहली पञ्जाब किंग्सविरुद्ध एक रन बनाएर आउट भएका थिए ।

गावस्कर त्यतिबेला कमेन्ट्री गरिरहेका थिए । त्यसैले उनले लकडाउनको घटनालाई उद्धृत गर्दै अनुष्का– कोहलीमाथि मजाकमा बयान दिए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो कथनलाई लिएर विवाद खडा गरे । तर, गावस्करले भने धेरै पटक आफ्नो भनाइलाई तोड–मोड गरिएको प्रस्ट पारे । यद्यपि, यसपछि कोहली र गावस्करबीच केही दिनसम्म कुनै कुराकानी भएन र आज पनि यी दुईबीच दरार देखिएको छ ।

अनिल कुम्बलेसँग कोहलीको विवाद


अनिल कुम्बलेसँग विराट कोहलीको विवाद कसैबाट लुकेको छैन । २०१७ मा, कुम्बले टीम इन्डियाको मुख्य प्रशिक्षक थिए, जबकि कोहली टीम इंडियाको कप्तान थिए । कोहलीले कुम्बलेसँग खुसी नभएको भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई धेरै इमेल पठाएका थिए । त्यसको केही समयपछि कुम्बलेले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनले कोहलीसँग आफ्नो सम्बन्ध खास नभएको बताएका थिए । ‘केही मानिसहरूलाई मेरो कोचिङ शैली र कोच हुनुमा समस्या छ ।’ कुम्बलेले आरोप लगाएका थिए । पछि कोहलीले रवि शास्त्रीलाई भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनाउन चाहेको बताइएको थियो ।

आईपीएलमा कोहली–गम्भीर भिडन्त


कोहली र गौतम गम्भीरको झगडा नयाँ होइन । दुवैको आईपीएल २०१३ मा पनि भिडन्त भएको थियो । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल भएको थियो । त्यतिबेला गम्भीर केकेआरका कप्तान थिए । यो खेलमा कोहली आउट भएर पेभिलियन फर्किंदै गर्दा दुवैबीच झगडा भएको थियो । तर, कोहली र गम्भीरलाई बाँकी खेलाडीहरूले टाढै राखे र कुरा अगाडि बढ्न सकेन । आईपीएल २०२३ मा पनि सोमबार कोहली र गम्भीरबीचको झगडा देख्न पाइयो ।

आईपीएलमा सूर्यकुमारसँग कोहलीको भिडन्त


आईपीएलमा कोहलीले गम्भीरसँग मात्र नभई सूर्यकुमार यादवसँग पनि भिडेका छन् । आईपीएल २०२० मा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान रहेका कोहली फिल्डिङका क्रममा ब्याटिङ गरिरहेका मुम्बई इन्डियन्सका सूर्यकुमार यादवसँग भिडेका थिए । सूर्यकुमारले पछि खुलासा गरे कि त्यो खेलमा विराट कोहली स्लेजिङ (विपक्षी खेलाडीको मोटिभेसनलाई घटाउने हर्कत) को स्तरमा शिर्ष थिए । त्यो खेलमा विराट कोहलीले स्लेज गरेपछि सूर्यकुमारले उनलाई घुरेर हेरे । सूर्यको यो प्रतिक्रिया निकै चर्चाको विषय बन्यो । मानिसहरूले कोहलीको प्रतिक्रियाको आलोचना गरे । त्यो खेलमा स्लेजिङ गरे पनि सूर्यकुमारले मुम्बईलाई जिताए । हाल सूर्यकुमार टी–२० मा भारतको नम्बर एक ब्याट्सम्यान छन् ।

कोहली र बीसीसीआई अध्यक्ष गांगुलीबीचको झगडा


२०२१ मा कोहलीलाई एकदिवसीय र टी–२० कप्तानबाट हटाएपछि बीसीसीआईका तत्कालीन अध्यक्ष सौरभ गांगुलीले एक मिडिया हाउससँगको कुराकानीमा भने कि ओडीआई कप्तानी सम्हाल्नुअघि कोहलीसँग कुरा भएको थियो र उनको सहमतिपछि कोहलीलाई कप्तानबाट हटाइएको थियो । गांगुलीले भनेका थिए कि बीसीसीआईले विराटलाई टी–२० कप्तानबाट नछोड्न आग्रह गरेको थियो, तर विराटले मानेनन् र राजीनामा दिए । सीमित ओभरको क्रिकेटमा दुई फरक कप्तान राख्ने निर्णय उनलाई मन परेन । यसपछि उनले चेतन शर्मासँग विराटलाई राखेर कुरा गरे र उनलाई सम्पूर्ण भिजन बताए । यसपछि मात्र रोहितलाई दुवै ओडीआई र टी–२० को कप्तान बनाइएको थियो ।

यसपछि विराटले पत्रकार सम्मेलनमा गांगुलीको भनाइलाई गलत भनेका थिए । उनलाई बीसीसीआईका अधिकारीहरूले ९० मिनेट अगाडि भनेका थिए कि अब उनको स्थानमा रोहित ओडीआई टोलीको कप्तान हुनेछन् । यसअघि बीसीसीआईले उनीसँग कुनै वार्ता गरेको थिएन । कोहलीले भने, ‘जब मैले टी–२० को कप्तानी छोडेको थिएँ, म सबैभन्दा पहिले बीसीसीआई गएँ । आफ्नो निर्णयबारे जानकारी गराए । मैले आफ्ना विचार र चिन्ताहरू राखें । बोर्डले यसलाई स्वीकार गर्यो र मेरो कठिनाइ बुझ्यो । एकपटक पनि उनले मलाई मेरो निर्णयमा पुनर्विचार गर्न भनेनन् ।’

यो सिजन रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलमा पनि यी दुईबीच विवाद देखिएको थियो । गांगुली दिल्ली क्यापिटल्सका निर्देशक हुन् । खेलको एक समयमा कोहली बाउन्ड्री लाइनमा फिल्डिङ गरिरहेका थिए । फिल्डिङ गर्दा कोहलीले गांगुलीलाई हेरे पनि गांगुलीले विराटलाई पटक्कै हेरेनन् । यति मात्र होइन, जब खेलपछि दुवै टोलीका खेलाडी र कर्मचारीले हात मिलाए, तब पनि कोहली गांगुलीभन्दा अगाडि गए । दुवैले हात मिलाएनन् ।

पत्रकार संग दुर्व्यवहार


२०१५ को एकदिवसीय विश्वकपमा विराट कोहलीले पत्रकारसँग दुर्व्यवहार गरेका थिए । कोहलीलाई लाग्यो कि ती पत्रकारले उनी र उनकी प्रेमिका तथा वर्तमान पत्नी अनुष्का शर्माको बारेमा गलत लेख लेखेका छन् । तर, पछि उनले पत्रकारसँग दुर्व्यवहार गरेको गलत भएको थाहा पाए । कोहलीलाई पछि थाहा भयो ती पत्रकारले त्यो लेख लेखेका थिएनन् । पछि कोहलीले पत्रकारसँग माफी पनि मागेका थिए ।

आईपीएलमा कोहलीको नवीन उल हकसँग भिडन्त


यो सम्पूर्ण मामिला आईपीएलको यस सिजनको लखनऊ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलको हो । पहिले ब्याटिङ गरेको बैंगलोरले १२६ रन बनाएको थियो । लखनउको इनिङ्सको १७औं ओभरमा रन चेजको क्रममा विराट स्टम्पको पछाडिबाट दौडिएर लखनउका नवीन उल हकलाई इशारा गरेपछि यो सम्पूर्ण घटना सुरु भयो । यसैमा अफगानिस्तानका नवीन पनि उनको नजिक आए र दुईबीच झगडा सुरु भयो । खेलको क्रममा विराटले नवीनलाई जुत्ता देखाएर अपमान पनि गरेका थिए ।

बाँकी खेलाडीले हस्तक्षेप गर्न खोज्दा कोहली र अमित मिश्राबीच पनि विवाद भयो । बैंगलोरको जितपछि दुवै टोलीका खेलाडी हात मिलाउँदै गर्दा कोहलीले नवीनलाई केही भनेका थिए । कोहली बोल्ने बित्तिकै नवीन पनि अचम्ममा केही बोलेको देखियो । यहाँ पनि दुईबीच बहस भयो । यसपछि जब कोहली बाउन्ड्रीमा हिँड्छन् तब लखनऊका काइल मेयर्ससँग कुरा गर्न थाल्छन् । त्यसपछि गौतम गम्भीर आएर मेयर्सलाई विराटबाट टाढा लैजान्छन् र उनीसँग कुरा गर्न अस्वीकार गर्छन् । यसपछि गम्भीरले केही बोल्छन् जसमा कोहलीले उनलाई नजिक बोलाउँछन् र दुवै नजिक आउँछन् । दुवैबीच विवाद बढ्छ ।

विवादपछि एलएसजीका प्रशिक्षक गौतम गम्भीर र आरसीबीका पूर्व कप्तान विराट कोहलीलाई आईपीएलको आचार संहिता उल्लंघन गरेको आरोपमा खेल शुल्कको १०० प्रतिशत जरिवाना गरिएको छ । एलएसजीका बलर नवीन उल हकलाई पनि म्याच फीको ५० प्रतिशत जरिवाना गरिएको छ । कोहली र नवीनले आफ्नो गल्ती स्वीकार गरेका छन् । यस खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपरजायन्ट्सलाई १८ रनले पराजित गरेको थियो ।




भर्खरै