५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका सीमा क्षेत्रमा सिसी क्यामेरा जडान



अ+ अ-

बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो ।

दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिनुभयो । मुख्य बजार क्षेत्रमा १८ सिसी क्यामेरा जडान गरेको र अन्य बजार क्षेत्रमा पनि अगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गर्ने लक्ष्य नगपालिकाको रहेको छ ।

सीमाक्षेत्र र जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रमा आवतजावत बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको नगरप्रमुख पुष्करराज जोशीले बताउनुभयो । आपराधिक क्रियाकलाप न्यून गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेरा जडानबाट सहयोग पुग्ने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो ।

बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामेरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुनेछ । उहाँले भन्नुभयो, “प्रहरीले निगरानी गर्ने गरी जडित सिसी क्यामेराले चोरीलगायतका अन्य आपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने अपेक्षा गरिएको छ ।”