• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ? ★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते ★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत

तनहुँमा घरमा ट्रक ठोक्किँदा ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर



तनहुँ । तनहुँमा ट्रक घरमा गएर ठोक्किदा ९ जना घाइते भएका छ ।

बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ना ४ ख १९७३ नम्बरको ट्रकले घरलाई हान्दा दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने घाइते हुनेमा धेरै बालबालिका छन् ।

दुर्घटनामा ७० वर्षीय सनबहादुर भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ३५ वर्षीया शान्ति भुजेल , ११ वर्षीय आयुष भुजेल, १० वर्षीय ईश्वर भुजेल र ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, ७ वर्षीया आयुषा भुजेल र सानुभाइ भुजेल रहेका छन् ।

आँबुखैरहनी प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ ।