३ श्रावण २०८२, शनिबार
,
Latest
आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन ‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’ हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति विविध विधाका कृतिलाई अनेसास पुरस्कार फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत



photo:rss
अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्वपूर्ण रहेको बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज यहाँ आयोजना गरेको सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ ।” उहाँले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताउनुभयो ।

सोही कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाले एयरलाइन्सको उडानदेखि अन्य वर्षात्का बारेमा पनि जानकारी दिने भएकाले यो सेवा प्रभावकारी रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवालाई थप प्रभावकारी बनाउन आवश्यक छ, माथिल्लो निकायसँग छलफल गरेर हामी यसलाई थप प्रभावकारी बनाउन लाग्ने छौँ ।”

कार्यक्रमका अधिकांश वक्ताहरुले मौसमका विषयमा जानकारी दिनेदेखि हवाई उडानका लागि उड्डयन मौसम सेवाको थप क्षमता विकास गर्नु आजको आवश्यकता रहेको धारणा राखेका थिए ।