२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज



अ+ अ-

काठमाडौँ । इंग्ल्यान्डका बलरको उत्कृष्ट प्रदर्शनका कारण टी–२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको ओमानको टोली ४७ रनमै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । यो टी–२० विश्वकप इतिहासमै सबैभन्दा छिटो रन चेज हो । यसअघि सन् २०१४ को विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सको लक्ष्य ५ ओभरमा पूरा गरेको थियो । इंग्ल्याण्डले यो कीर्तिमान तोड्यो ।

इंग्ल्याण्डका लागि खेल एकतर्फी रह्यो । रनरेटको हिसाबले स्कटल्याण्डभन्दा अघि बढ्न ५.१ ओभरमा अगाडि बढ्नु परेको थियो । तर, टोलीले ३.१ ओभर अर्थात १९ बलमा लक्ष्य पछ्यायो । इङ्ल्यान्डभन्दा अगाडि ओमानका १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । ओमानले विश्वकप २०२४ का सबै खेल हारेको छ ।

इंग्ल्याण्डबाट उत्कृष्ट बलिङ गर्दा स्पिनर आदिल रसिदले ४ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरले ३–३ विकेट लिए । जबकि ब्याटिङमा कप्तान जोस बटलरले ३०० को स्ट्राइक रेटमा २४ रन बनाए ।

यो खेलसँगै इंग्ल्याण्डको प्लेअफको आशा बढेको छ । स्कटल्याण्डको ५ अंक छ । योसँगै इंग्ल्याण्डको ३ अंक छ । इंग्ल्याण्डलाई ठूलो अन्तरले जित्न आवश्यक थियो, स्कटल्याण्डले एक खेल गुमाएमा इंग्ल्याण्ड ५ अंकसहित सुपर ८ मा पुग्नेछ ।

ओमानको इनिङ्सः
ओमानले पहिलो ओभरमा डिफेन्स गर्दै ठूलो इनिङ्सको जग बसाल्यो तर दोस्रो ओभरमा नै टोलीको पहिलो विकेट खसेको थियो । पावरप्लेमा नै टोलीले ४ विकेट गुमाएको थियो । प्रतिक आठवले ५ रन, अकिब इलियास ८ रन, जिशान मक्सुद १ रन र कश्यप प्रजापति ९ रन बनाएर आउट भए ।

यसपछि स्पिनले खेलाडीलाई समस्यामा पारेको थियो । इनिङ्समा मात्र छक्का प्रहार गरेका कश्यप प्रजापति ९ रन, खालिद काली १ रन, मेहरान खान शून्य र फय्याज भट्ट २ रन बनाएर प्याभिलियन फर्किए । कलिमुल्लाह ५ रन बनाएर प्याभिलियन फर्किए । शोएब खान पनि अन्तिम विकेटका रूपमा प्याभिलियन फर्किए ।

टोलीका ब्याट्सम्यानले दबाब सहन सकेनन् । पावरप्ले पछि, ब्याट्सम्यानहरूले आफ्नो शटहरूमा आत्मविश्वास देखाउन सकेनन् र जसका कारण उनीहरूले विकेट गुमाइरहेका थिए ।

इंग्ल्याण्डको इनिङ्सः
इंग्ल्यान्डलाई ४८ रनको सानो लक्ष्य थियो तर राम्रो रनरेटका लागि टोलीले ५.१ ओभरमा लक्ष्य पछ्याउनुपर्ने भयो । फिल साल्टले इनिङ्सको पहिलो दुई बलमा २ छक्का प्रहार गर्दै आफ्नो इरादा स्पष्ट पारे । उनी तेस्रो बलमा आउट भए । यसपछि विल ज्याक पनि फन्दामा परेको देखियो र अर्को ओभरमा विकेट त्यागे । उनले ७ बलमा ५ रन बनाए ।

अब जिम्मेवारी कप्तान जोस बटलरको काँधमा थियो, उनी दृढ भएर उभिए र ८ बलमा २४ रन बनाए । अर्को छेउमा उनलाई जोनी बेयरस्टोले पनि साथ दिदै २ बलमा ८ रन बनाए । दुवैले १९ बलमा सहजै खेल जिताए ।