६ पुष २०८२, आईतवार
,
Latest
‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्यो, कारोबारको सर्वाधिक हिस्सा अरुणभ्यालीले ओगट्यो



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक  १ दशमलव ४३ प्रतिशत बढेर ३ हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन ४२ दशमलव ७२ अंकले नेप्से परिसूचक बढेको हो । 

यस दिन ३ हजार ९ दशमलव ४६ विन्दुदेखि खुलेको बजार ३ हजार ५१ विन्दुसम्म पुगेको थियो । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ । सोमबार रू. १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बराबरको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर कारोबार भएको छ ।

सोमबार सर्वाधिक रकमको कारोबारको हिस्सा अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ओगटेको छ । उक्त कम्पनीको रू. ६२ करोड ५९ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने यो दिन ४ दशमलव ७० प्रतिशत घटेर रू. ५४७ कायम भएको छ । अघिल्लो कारोबार दिनको भन्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २७ ले घटेको हो । 

यस दिन एक दर्जन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन १० प्रतिशतले बढेको छ ।

त्यस्तै ङदी ग्रुप पावरको ९ दशमलव ९८ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ९६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ९६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ९५ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८१ प्रतिशत, सोल्टी होटलको ९ दशमलव ७७ प्रतिशत र हिमालयन डिष्टिलरीको ९ दशमलव ७० प्रतिशत मूल्य बढेको छ ।

दोहोरो उच्च अंकले बढेको दिन सोमबार सबैभन्दा बढी शेयरमूल्य माउण्टेन हाइड्रो नेपालको घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. ३९८ मा झरेको छ ।