१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली दर्शक भगवानका रुप हुन्– सन्दीप लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका स्पिनर सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भुमिका निकै महत्वपूर्ण रहेको बताएका छन् । नेपालले एशिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने मौका अवसर आएको उनले प्रतिक्रिया दिए ।

सन्दीपले नेपाली टोली अर्को श्रेणिमा उक्लिएको भन्दै कहिल्यै नखेलका टोलीसँग नेपालले एक्स्पोजर पाउने मौका एशियाकप रहेको बताए । नेपाली टोलीलाई प्रतिकुल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीबिरुद्ध जित निकाल्न निकै सहज भएको समेत उनले बताए ।

‘मलाई लाग्छ नेपाली दर्शक भगवानका रुप हुन् । म मान्छु कि भगवानले आफ्नो अवतारमा वहाँहरुलाई पठाएको हो । एकदमै दुःखहरुको क्षण हुन्छ सबैमा । क्रिकेटमा पनि त्यसरी नै चलेको थियो । वहाँहरुले कहिल्यै पनि साथ छाड्नु हुँदैन ।’, सन्दीपले भने, ‘मैले अघिनै भने जस्तो वहाँहरुको एउटा ठूलो भूमिका खेल्छ । घरेलु दर्शकले एकदमै फरक पार्छ । हिजो ४/५ बजे सम्म मैदान पुरै भरिपूर्ण थियो । अहिले खेल सकिएपछि, पुरस्कार वितरणपछि अहिले पनि वहाँहरु हुनुन्छ। ’