• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

बैंक तथा वित्तीय संस्थाका थप शाखा सञ्चालन गर्न राष्ट्र बैंकको निर्णय



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका धेरै शाखा पुन: सञ्चालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि सकेसम्म थोरै कर्मचारी राखेर भीड नहुनेगरी आलोपालो शाखाहरु सञ्चाल गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामका लागि मात्रै कार्यालयमा कर्मचारीको उपस्थिति गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। त्यस्तै प्रधान कार्यालयको हकमा एक तिहाई कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न भनिएको छ । उपत्यकाबाहिर स्थानीय निकायसँगको समन्वयमा शाखा संचालन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। 

यसअघि जेठ १९ गते राष्ट्र बैंकले काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म शाखा संचालन संख्या तोकिदिएको थियो।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पुरानो व्यवस्था हटाइएको जानकारी दिनुभएको छ। निषेधाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्रै खुल्दा झन् भीड हुन सक्ने भएकाले थप शाखाहरु संचालन गर्नुपर्ने अवस्था रहेको भट्टले बताउनुभयो।