११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

मदन भण्डारी फाउन्डेसनद्वारा दुई पुरस्कारका लागि आवेदन खुला

मदन भण्डारी फाउन्डेसनद्वारा दुई पुरस्कारका लागि आवेदन खुला
अ अ+ अ-

काठमाडौँ । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९’ र ‘मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ का लागि आवेदन खुला गरेको छ ।

दुवै पुरस्कारको राशि जनही रु १ लाख रहेको छ । जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका सन्दर्भमा आगामी असार १४ गते ती पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ आधुनिक चिकित्सा प्रविधिको प्रयोगका माध्यमबाट नेपाली भूमिमा रही नयाँ र लाभदायी शल्यक्रिया प्रविधिको विकास, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजोसँग सम्बन्धित समस्याहरु, जन्मजात अपांगताको उपचार र महिलाहरुको पाठेघर खस्ने जस्ता समस्याहरुको उपचार व्यवस्थापन) तथा अन्य जटिल र संवेदनशील क्षेत्रको उपचारमा योगदान पुर्याएको तथा सो सेवाको संस्थागत विकासका साथै देशका दुर्गम स्थान र समुदायकेन्द्रीत, गरिब, असहाय र सेवाबाट वञ्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचका लागि विशेष भूमिका खेलेको व्यक्तित्वलाई प्रदान गरिने पनि फाउन्डेसनले उल्लेख गरेको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्, नेपालद्वारा मान्यता प्राप्त खेलकुदका विविध विधा र क्षेत्रका गतिविधिहरुमा १० वर्षदेखि लगनशील र समर्पित ढंगले क्रियाशील रही सफलताहरुका मानकहरु कायम गरेर नयाँ पुस्ताका बीच खेल क्षेत्रको ज्ञान सीपको प्रचार तथा नेतृत्व हस्तान्तरणका माध्यमबाट नयाँ पुस्ता तयार गर्ने अभियानमा योगदान दिँदै समाज परिवर्तन र विकामा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वलाई मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा उपयुक्त व्यक्तिले फाउन्डेसले उपलब्ध गराएको आवेदन फाराम भरी व्यक्ति स्वयमले आवेदन दिन सकिने जनाइएको छ ।

त्यस्तै पुरस्कारका लागि उपयुक्त व्यक्तिको सिफारिसका लागि सिफारिस गर्ने व्यक्ति वा संस्थाले पनि उपलब्ध गराइएको आवेदन फाराम भरी सिफारिस गरिदिन फाउन्डेसनले सबैलाई आह्वान गरेको छ ।

प्राप्त आवेदनहरुको आधारामा पुरस्कारको अन्तिम निर्णय सो प्रयोजनका लागि तोकिएको विज्ञहरुको समूहले गर्ने फाउन्डेसनले उल्लेख गरेको छ ।

फाउन्डेसनले आवेदन फाराम वेवसाइट www.mbf.org  मा उपलब्ध हुने र फाउन्डेसनको केन्द्रीय कार्यालय गौशाला काठमाडौँमा इमेलमार्फत mbfnepal@gmail.com मा पठाउन सकिने जनाएको छ ।

।