२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानका लागि सबैभन्दा ठूलो इनिङ खेल्ने यशस्वीको कथा, पानीपुरी बेच्ने केटा बने करोडपति



अ+ अ-

एजेन्सी । यशस्वी जैसवाल आईपीएल २०२३ मा उत्कृष्ट लयमा छन् । उनले नौ पारीमा ४७.५६ को औसतमा ४२८ रन बनाएका छन् । उनको स्ट्राइक रेट पनि १५९.७० रहेको छ । यो सिजन अहिलेसम्म उनले ५६ चौका र १८ छक्का प्रहार गरिसकेका छन् ।

उनी यस सिजनमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् र ओरेन्ज क्यापको शीर्ष दौडमा उनको नाममा छ । आईपीएलको १००० औं खेलमा जैसवालले मुम्बई इन्डियन्सविरुद्ध १२४ रनको इनिङ खेलेका थिए । यो राजस्थानबाट खेल्दा आईपीएलमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । यसअघि बटलरले पनि १२४ रनको इनिङ खेलेका थिए ।

राजस्थानका लागि इनिङ्स सुरु गरेका जैसवाल २० औं ओभरमा आउट भए । उनले ६२ बलको सामना गर्दै १२४ रन बनाए । यस इनिङ्समा उनको ब्याटबाट १६ चौका र आठ छक्का निस्केका थिए । उनको शानदार इनिङ्सका कारण राजस्थानको टोलीले २१२ रन बनाएको थियो । बलरले यो लक्ष्य रक्षा गर्न नसके पनि जैसवालले आफ्नो इनिङ्सले सबैको मन जितेका थिए । जैसवालको क्रिकेटर बन्ने र आईपीएल खेल्ने यात्रा पनि मन छुने खालको छ ।

मुम्बईको आजाद मैदानबाहिर गोलगाप्पा (पानीपुरी) बेचेर आइपिएलमा सेन्चुरियन बन्ने यशस्विको यात्रा रोमाञ्चक रह्यो । यशस्वी उत्तर प्रदेश भदोहीका निवासी हुन् । उनको बाल्यकाल चरम गरिबीमा बित्यो । ११ वर्षको उमेरमा यशस्वी क्रिकेटर बन्न मुम्बई पुगेका थिए । त्यहाँ उनको लागि सबै कुरा सजिलो थिएन । यशस्वीले मुम्बई जस्तो ठूलो सहरमा आफ्नो नाम कमाउनु पर्यो ।

धेरै पटक खाली पेट नै सुते यशस्वी
मुम्बईमा कमाउनको लागि आजाद मैदानमा रामलीलाको समयमा गोलगाप्पा र फलफूल बेच्ने गर्थे । उनले धेरै पटक खाली पेट सुत्नुपरेको थियो । यशस्वी डेरीमा पनि काम गर्थे । त्यहाँ एक दिन उनलाई जागिरबाट निकालियो । यस क्रममा क्लबले यशस्वीलाई सहयोगको प्रस्ताव राखे पनि राम्रो खेले मात्रै टेन्टमा बस्ने शर्त राखिएको थियो । यशस्वी टेन्टमा रोटी बनाउँथे । त्यहाँ दिउँसो र राती खाना पाइन्थ्यो ।

यशस्वीले पैसा कमाउन बल खोज्ने काम पनि गरे । आजाद मैदानमा धेरैजसो बल हराउने गथ्र्यो । यशस्वीले हराएको बललाई खोजेर पैसा पाउँथे । एक दिन प्रशिक्षक ज्वाला सिंहले यशस्वीलाई देखे । यशस्वी जस्तै ज्वाला पनि उत्तर प्रदेशका हुन् । उनले यस बायाँ हाते ब्याट्सम्यानलाई हेरचाह गरे । यशस्वी सधैं ज्वाला सिंहको प्रशंसा गर्छन् । उनले एक पटक भने, ‘म उहाँको धर्मपुत्र हुँ । मलाई यो बिन्दुमा पुर्याउन उहाँको महत्वपूर्ण भूमिका छ ।’

यशस्वीले १७ वर्षको उमेरमा युथ ओडिआईमा दोहोरो शतक बनाएर घरेलु क्रिकेटमा आतंक मच्चाएका थिए । उनले सन् २०२० को अन्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यशस्वीले एक शतक र चार अर्धशतक बनाएका थिए । उनले ६ खेलको ६ इनिङ्समा ४ सय रन बनाएका थिए । उनको औसत १३३.३३ थियो। यशस्वीले यू–१९ विश्वकपमा म्यान अफ द टुर्नामेन्टको अवार्ड पाएका थिए । उनको चारैतिर प्रशंसा भयो ।

यशस्वीलाई आईपीएल २०२० को लिलामीमा राजस्थान रोयल्सले २.४ करोड भारुमा किनेको थियो । उनले सन् २०२० मा राजस्थानका लागि तीन खेलमा ४० रन बनाएका थिए । यसपछि २०२१ मा उनले १० खेलमा २४९ रन बनाए । यशस्वीलाई २०२२ को लिलामी अघि राजस्थानले राखेको थियो । उनी टोलीबाट बाहिरिएका छैनन् । युवा खेलाडीका लागि यो ठूलो कुरा थियो । राजस्थानले उनलाई विश्वास दिलायो । उनलाई ४ करोडमा राखिएको थियो । उनले २०२२ को आईपीएलमा १० खेलमा २५८ रन बनाएका थिए ।

यो सिजन सुरुदेखि नै उत्कृष्ट लयमा रहेका उनी घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेपछि आइपिएलमा पनि शतक बनाएका छन् । उनलाई देशको भविष्यका रुपमा हेरिएको छ र आगामी दिनमा उनलाई टिम इन्डियामा पनि समावेश गर्न सकिन्छ ।




भर्खरै