७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

झरीले छेकेन दर्शकको उत्साह- फोटो फिचर



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्द खेल वर्षाले रोकिएको हो। पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु लगाइएको छ ।

नेपालका ललित राजवंशी ह्याट्रिक बलको अवस्थामा रहेकै बेला वर्षाका कारण पुनः अवरुद्ध बनेको हो । यसअघि पनि खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको थियो ।

तर वर्षाका कारण दुई–दुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् । उनीहरुले झरीको कुनै पर्वाह नगरी छाता ओढेर खेल सुरु हुने प्रतीक्षा गरिरहेका छन् ।

बिहानैदेखि टीयू मैदान दर्शकले भरिएको थियो । हल्का वर्षा हुँदा पनि खेल सुरु भएको थियो । खेल सुरु भएपछि दर्शकले कोही छाता ओढेर कोही भिज्दै खेल हेरिरहेका थिए । उनीहरुले नेपाली खेलाडीहरुलाई हौसला बढाइरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् नेपाली दर्शकको यो उत्साहपूर्ण सहभागिता तथा माया र हौसलाका लागि धन्यवाद व्यक्त गरेको छ।

आजको खेलमा युएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेमा नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

वर्षाका कारण आजको खेल अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभरसम्म भए डकवर्थ लुईस पद्धति (डिएलएस)बाट खेलको नतिजा लिइनेछ । त्यो पनि सम्भव नभएमा सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजाको छिनोफानो लगाइनेछ । पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एकदिवसीय वरियतामा अगाडि रहेको टिमले एसिया कपमा स्थान बनाउनेछ ।

फाेटाे -नेपाल क्रिकेट संघ (क्यान)