• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

वर्षाको कारणले खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा



काठमाडौं । एसिसी प्रिमियर कपमा वर्षाको कारणले खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।

वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि ओडिआई वरियताको आधारमा प्रिमियर कपमा तेस्रो हुदै ओमान एसिसी इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।

जितको लागि कुवतले दिएको १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल रद्द गरिएको हो । ओमान ओडिआई वरियता १८ औं स्थानमा छ । उता, कुवेत भने ओडिआई टोली होईन ।

ओमानका जतिन्दर सिंह १९ बलमा ३ चौका र १ छक्कासहित २६ र कश्याप प्रजापति १३ रनमा अविजित थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भएको थियो ।कुवेतका लागि ओपनर आदनान इद्रिसले ४८ बलमा सर्वाधिक ३४ रन बनाउँदा सईद मुनिबले १० बलमा २८ रन बनाए । यासिन पटेलले १७ रन जोड्दा राजिब सान्दारुवान र कप्तान मोहम्मद अस्लामले समान १२/१२ रन थपे ।

ओमानका लागि जय ओडिडराले ५ दशमलब ३ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए । यस्तै, बिलाल खानले २ तथा आयान खान,जिशान मक्शुद र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।

फाइनलमा पुग्दै नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरिसकेका छन् ।