७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन

जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री

नयाँ दलले पुराना राजनीतिक दलहरुलाई सम्मान गरेनन्

जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको आरोप लगाउनु भयो । उहाँले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको बताउनु भयो । उहाँले नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बाेल्नुपर्ने बताउनु भयो । पुराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरुले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरुको अपमान गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरु कोही पनि ठिक छैनन् । त्यसकारण नेपालमा बस्नु भन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोशिष भइरहेको छ । सच्चाइ त्यही बिल्कुल होइन । सच्चाइ त्यसको ठिक उल्टो छ । नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उनीहरुले नै हो । र अहिले केही नयाँ नयाँ मानिसहरु हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो । इमान्दारिता यही हुन्छ की, नयाँ आउनेलाई मैले आलोचना गर्न खोजेको होइन । नयाँ आएर बोल्नेहरुको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरुले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलढेको भए लाकतान्त्रिक गणतन्त्र र ति नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त ? बिल्कुल थिएन । उनीहरुले त पुरानाहरुलाई सम्मान गर्नुपर्ने, तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायाँै भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि । आमा बाउलाई त बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ । तिनलाई अपमान गर्ने प्रवृत्ति देखापर्न खोजेको छ, यो प्रतिकात्मक रुपमा मैले भनेको हुँ । यसको सारतत्व वर्गीय नै छ ।’

प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको बताउनु भयो । उहाँले अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईं हामी कताकता पहिलाको जस्तो सक्रियता जीवन देख्ने पार्टी, आन्दोलन देख्ने लोकतन्त्रमा त्यसमा कमी आएकै छ । त्यो हामीले आत्मसमीक्षा गर्नुपर्छ । निराश हुनु हुँदैन । कयौँ साथीहरुलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ ? पहिलाको जस्तै छ की अर्कै छ की ? बिग्रियो की, साँच्चै हो की होइन भन्ने खालले विभिन्न रुपमा तपाईंहरुको मनमा पनि मुख्य नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला । बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला । जीवनको उत्तराद्र्धतिर त लागिएकै छ । किनभने ७० तिरबाट अघि बढ्नु उत्तराद्र्ध नै हो । तर म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु । बरु जनयुद्धमा मेरो जीवन सरल थियो । अहिले अझ बढी खट्नुपर्ने । विभिन्न राजनीतिक दलहरु कहिले यता, कहिले उता पनि भन्छन् । तर मैले पार्टी आन्दोलन देशको आवश्यकताअनुसार सबै राजनीतिक प्रमुख दलहरु, बाहिर र सदन भित्र भएकाहरुलाई पनि संयोजन गर्नेकुरा गरिरहेको छु । कहिले कहीँ त मलाई यस्तो लाग्छ, मैले नेपाली काँग्रेस, नेकपा एमालेलाई पनि अरु पार्टीलाई पनि संयोजन गर्ने, उहाँहरु भित्रको समस्या पनि मैले नै समाधान गरिदिनुपर्ने जस्तो गरी मैले काम गर्नु परिरहेको छ । मैले गरिरहेको पनि छु ।’

उहाँले वृहत्तर एकतातिर पनि आफू अघि बढिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल