९ मंसिर २०८१, आईतवार
,
Latest
खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कोहलीको ३०औँ टेस्ट शतक, डन ब्राडम्यानलाई पछि पारे चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः इटालीलाई हराउँदै स्पेन नकआउट चरणमा, डेनमार्क र इंग्ल्यान्डको बराबरी



अ+ अ-

काठमाडौँ । युरो २०२४ फुटबल प्रतियोगिता अन्तर्गत स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा इटालीलाई १–० गोलले हराउँदै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको ५५ औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरे । यो उपहार गोल नै स्पेनको विजयी गोल बन्यो । समूह बी मा स्पेन २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ भने इटाली ३ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इंग्ल्यान्ड र डेनमार्कले बराबरी खेलेका छन् । खेलको १८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा मोर्टेन जुल्मान्डले गोल गर्दै डेनमार्कलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र दुबै टोली अंक बाँड्न बाध्य भए ।

समूह सी मा इंग्ल्यान्ड २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ भने डेनमार्क २ अंकसहित दोस्रो स्थानमा छ ।

बिहीबार नै भएको अर्को खेलमा स्लोभेनिया र सर्बियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलको ६९ औं मिनेटमा जान कर्मिचनिकले गोल गर्दै स्लोभेनियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेल सकिनै लाग्दा अन्तिम समयमा इन्जुरी समयमा लुका जोभिकले गोल गर्दै सर्बियाको हार टारे । समूह सीमा रहेका स्लोभेनिया २ अंकसहित तेस्रो र सर्बिया १ अंकसहित चौंथो स्थानमा छ ।