३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिंगालाई पछि पार्दै मिचेल स्टार्कले बनाए नयाँ कीर्तिमान



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को सुपर आठको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गर्यो । वर्षाले खेल अवरोध गरेपछि अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस विधि (डिएलएस मेथड) बाट २८ रनले पराजित गरेको हो।

उक्त खेलमा बंगलादेशविरुद्ध एक विकेट लिएर मिचेल स्टार्कले नयाँ कीर्तिमान बनाएका छन् । उनी टी–२० र एकदिवसीय विश्वकपमा संयुक्त रुपमा सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् ।

यसअघि यो कीर्तिमान श्रीलंकाका अनुभवी बलर लसिथ मालिंगाको नाममा थियो । अब मिचेल स्टार्क पहिलो स्थानमा पुगेका छन् ।

खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । मिचेल स्टार्कले पहिलो ओभरको तेस्रो बलमा यो निर्णय सही साबित गरे। उनले तान्जिद हसनलाई क्लिन बोल्ड गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए । यो विकेटसँगै मिचेल स्टार्क विश्वकप (टी२०र ओडिआई) मा सर्वाधिक विकेट लिने बलर बनेका हुन् ।

विश्वकपमा सर्वाधिक विकेट (टी२०र ओडिआई)

९५ विकेट– मिचेल स्टार्क (अष्ट्रेलिया)
९४ विकेट– लसिथ मालिंगा (श्रीलंका)
९२ विकेट– शकिब अल हसन (बंगलादेश)
८७ विकेट– ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)
७९ विकेट– महमुदुल्लाह (बंगलादेश)

मिचेल स्टार्कले एकदिवसीय विश्वकपमा ६५ विकेट लिएका छन् भने टी–२० विश्वकपमा ३० विकेट लिएका छन् । लसिथ मालिंगाले एकदिवसीय विश्वकपमा ५६ विकेट र टी–२० विश्वकपमा ३८ विकेट लिएका छन् ।