• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ ★   महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं: सांसद खनाल

वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौँः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हाँसिल गर्दै पार्टी अगाडी बढेको जनाउनु भएको छ ।

पार्टी दोस्रो स्थापना दिवसका अबसरमा सामाजिक सञ्जलमा एक स्टाटस राख्दै सभापति लामिछाने यो दुई बर्षको अबधिमा वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हाँसिल गर्दै यो यात्रा सम्पन्न गर्ने जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ- २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज ‘रास्वपा खस्कदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ।

उहाँले लेख्नु भएको छ-

रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ।आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं।

कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन। बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ। २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज ‘रास्वपा खस्कदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ।

सम्झ्नुस त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई ूघण्टीूमा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं।

साथीहरू,घण्टी सिंहदरबार पस्यो,यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ,तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस्।

सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना।