२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट बनाउन सक्दैनः नेता पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताउनुभएको छ ।

आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताउनु भयो । उहाँले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ले दाबी गर्नुभयो । उहाँले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्नेकुरा पनि पछिल्लो समय खस्कँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छ्रैन । राज्यले शिक्षाको उद्देश्य तय गर्न सकेको छैन । संघीय शिक्षा ऐन नआएको भनेर व्यापक रुपमा प्रश्न खेपिरहनु परेको छ । त्यो आएपनि त्यसले उद्देश्य तय गर्ने स्थिति देखिरहेको छैन । खालि प्रशासनिक ढंगबाट कसरी तौरतरिका मिलाउने भन्ने सम्बन्धी मात्रै छ ।

संघमा गएको प्रदेशले के गर्ने, पालिकाले के गर्ने ? यसको सैद्धान्तिक उद्देश्य के हो ? यसका बारेमा यो शिक्षा ऐन पनि स्पष्ट छ जस्तो मलाई लाग्दैन । राज्यको काम अहिले जम्मा एफिलेशन दिने मात्रै छ । त्यसलाई व्यवस्थित ढंगले कसरी चलाउने ? त्यसले राष्ट्रिय उद्देश्य कसरी पूरा गर्ने भन्ने छैन । एफिलेशन दिने मात्रै कुरा प्रधान हो भन्ने लाग्दैन । निजी क्षेत्रले राम्रो शिक्षा दिन्छ भन्ने थियो त्यो पनि बिग्रँदै गयो । किनभने छाता त सरकारकै नियन्त्रणमा हुन्छ ।’

नेता पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताउनु भयो ।