५ श्रावण २०८३, मंगलवार
,
Latest
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने छ उद्योगलाई जरिवाना काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट बनाउन सक्दैनः नेता पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताउनुभएको छ ।

आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताउनु भयो । उहाँले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ले दाबी गर्नुभयो । उहाँले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्नेकुरा पनि पछिल्लो समय खस्कँदै गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छ्रैन । राज्यले शिक्षाको उद्देश्य तय गर्न सकेको छैन । संघीय शिक्षा ऐन नआएको भनेर व्यापक रुपमा प्रश्न खेपिरहनु परेको छ । त्यो आएपनि त्यसले उद्देश्य तय गर्ने स्थिति देखिरहेको छैन । खालि प्रशासनिक ढंगबाट कसरी तौरतरिका मिलाउने भन्ने सम्बन्धी मात्रै छ ।

संघमा गएको प्रदेशले के गर्ने, पालिकाले के गर्ने ? यसको सैद्धान्तिक उद्देश्य के हो ? यसका बारेमा यो शिक्षा ऐन पनि स्पष्ट छ जस्तो मलाई लाग्दैन । राज्यको काम अहिले जम्मा एफिलेशन दिने मात्रै छ । त्यसलाई व्यवस्थित ढंगले कसरी चलाउने ? त्यसले राष्ट्रिय उद्देश्य कसरी पूरा गर्ने भन्ने छैन । एफिलेशन दिने मात्रै कुरा प्रधान हो भन्ने लाग्दैन । निजी क्षेत्रले राम्रो शिक्षा दिन्छ भन्ने थियो त्यो पनि बिग्रँदै गयो । किनभने छाता त सरकारकै नियन्त्रणमा हुन्छ ।’

नेता पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताउनु भयो ।