५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

भियतनामको मध्य क्षेत्रमा भएको आगलागीमा छ जनाको मृत्यु

भियतनामको मध्य क्षेत्रमा भएको आगलागीमा छ जनाको मृत्यु
अ+ अ-

हनोई । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । 

स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो । आगो तुरुन्तै घरभरि फैलिएको र उद्धार गर्दागर्दै छ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार संस्था भिएनएक्सप्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ ।

आगलागीबाट निजी स्वामित्वमा रहेको आवासीय भवनमा रहेका भियतनामी नागरिकको मृत्यु हुनुका साथै पहिलो तलामा रहेको क्याफे तथा पसलहरूमा पनि क्षति भएको बताइएको छ । 

आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव १०० अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ ।

उद्धारका लागि घटनास्थलमा तत्काल सुरक्षाकर्मीलाई पठाइएको भएपनि घरभित्र फसेका सबै पीडितहरूलाई बचाउन नसकिएको तर केही व्यक्तिलाई सख्त घाइते अवस्थामा उद्धार गरी उनीहरूलाई उपचारका लागि अस्पताल पठाइसकिएको स्थानीय एक अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस-सिन्ह्वा)