५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

तत्कालै सहयोग नपुगे इथियोपियाको द्वन्दग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्यु हुने

तत्कालै सहयोग नपुगे इथियोपियाको द्वन्दग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्यु हुने
अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ । संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्वन्दग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ ।यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पुर्‍याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पुर्‍याउनु पर्ने बताइएको हो ।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पुर्‍याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गर्नुभएको छ ।

उहाँले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताउनुभयो । उहाँले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पुर्‍याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिनुभएको हो । (रासस-सिन्ह्वा)