१७ भाद्र २०८३, बुधबार
,
Latest
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप: कुवेत १३० रनमा अलआउट



अ+ अ-

काठमाडौं । काठमाडौंमा जारी रहेको एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि कुवेत र ओमान भिड्दैछन् । जारी खेलमा कुवेतले ओमानलाई जितको लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३० रन  बनायो ।

कुवेतका लागि ओपनर आदनान इद्रिसले ४८ बलमा सर्वाधिक ३४ रन बनाउँदा सईद मुनिबले १० बलमा २८ रन बनाए । यासिन पटेलले १७ रन जोड्दा राजिब सान्दारुवान र कप्तान मोहम्मद अस्लामले समान १२/१२ रन थपे ।

ओमानका लागि जय ओडिडराले ५ दशमलब ३ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए । यस्तै, बिलाल खानले २ तथा आयान खान,जिशान मक्शुद र जतिन्दर सिंहले समान १र१ विकेट लिए ।

आजको खेलको विजेता टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ । प्रिमियर कपका फाईनलमा पुगेका नेपाल र युएई भने इमर्जिङ कपमा छनोट भइसकेका छन् ।