एजेन्सी । मनसुन वर्षाले भिजेको भारतको मुम्बईमा पार्किङ गरिएको एउटा कार पुरानो इनारभित्र खसेको छ। लगभग ४० वर्षअघि इनार छोप्दा गरिएको ढलान भत्किएर कार भित्र खसेको हो ।
उक्त घटनामा कोही घाइते नभएको भारतीय प्रहरीले बताएको छ । कार मालिक डा. किरण दोषीले यस्तो घटना हुन्छ भनेर सपना पनि नसोचेकोु र त्यहाँ इनार भएको थाहा नभएको बताएका छन्।
उनले भने, "यस्तो घटना हुन्छ भनेर सपनामा पनि सोचेको थिइन, थाहा भएको भए किन त्यहाँ कार पार्क गथ्र्यौँ र ? हामीले कार पार्क गर्दा त्यहाँ त्यस्तो केही पनि थिएन । त्यसबारे कहिले सोचेनौँ ।"
केही समयपछि इनारबाट पानी निकालेर क्रेनको सहायताले कारलाई बाहिर निकालियो ।