१७ भाद्र २०८३, बुधबार
,
Latest
सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लखनउलाई पन्जाबको चुनौति



अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् ।

पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

आज पन्जाब र लखनउ दुबैले यस सिजनको आठौ खेल खेल्दैछन् । पन्जाबले लिगको सुरुआत राम्रो गरेपनि पछिल्ला केही खेलमा निराशाजनक नतिजा हात पारेको छ । पन्जाब सात खेलमा चार जित र तीन हारका साथ छैटौं स्थानमा रहेको छ । आजको खेल जितेर पन्जाब पुनः परानै लयमा फर्कन चाहन्छ ।

लखनउ पनि यस खेलमा जित हात पारी शीर्ष स्थानको लागि दावेदारी पेश गर्न चाहन्छ । लखनउ सात खेलमा चार जित र तीन हारका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

पञ्जाब किंग्सले आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग १३ रनले हार बेहोरेको थियो। पञ्जाब किंग्सका लागि हरप्रीत सिंह र साम कुरानले क्रमशः ४१ रन र ५५ रन बनाएका थिए।

अर्कोतर्फ, लखनउ सुपर जायन्ट्स पनि आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्ससँग ७ रनले पराजित भएको थियो । कप्तान केएल राहुलले ६८ रन बनाएपनि आफ्नो टिमको पोल्टामा जित पार्न सकेनन् ।

यी दुई टोलीले आईपीएलको इतिहासमा अहिलेसम्म एकअर्काविरुद्ध २ खेल खेलेका छन् जसमा पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्सले एक–एक खेल जितेका छन् । यस सिजनमा उनीहरूले पछिल्लो पटक एकअर्कासँग खेलेका पञ्जाब किंग्सले लखनऊ सुपर जाइन्ट्सलाई २ विकेटले पराजित गरेको थियो।