• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

हेटौंडामा शनिबार ‘साइकल रन’ हुने, विजेताले रु ५० हजार नगद पुरस्कार पाउने



फाईल फोटो

मकवानपुर । हेटौंडामा भोलि (शनिबार) ‘हेटौंडा साइकल रन’ आयोजना हुने भएको छ । नगरवासीलाई साइकलको प्रयोग प्रति अभिरुचि बढाउने उद्धेश्यले हेटौंडा उपमहानगरपालिकाले ‘साइकल रन’ प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा उपमहानगरका १९ वटै वडामा बसोबास रहेका १८ देखि ६० वर्षसम्मका व्यक्ति सहभागी हुन पाउनेछन् । युवा तथा खेलकुद शाखा प्रमुख बसन्त सिटौलाले हालसम्म अनलाइन फारमबाट ७० जनाले नाम टिपाएको बताउनुभयो । यस प्रतियोगितामा एक सयजना भन्दा धेरै पनि सहभागी हुन पाउने उहाँले बताउनुभयो ।

नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने कार्यक्रममा सहभागीहरुले २५ किलोमिटरसम्म साइकल कुदाउनुपर्नेछ । हुप्राचौर–पिप्ले –चौघडा–हटिया–कमाने–गर्दोई–भैरबरोड हुँदै पुन स् हुप्राचौरमा आएर साइकल रन टुंग्याउनुपर्ने नियम राखिएको छ । साइकल रनमा सहभागी हुन सहभागीले आफुलाई आवश्यक पर्ने साइकल, हेल्मेट र जुत्ता लगायत सामाग्री आफैं जुटाउनुपर्ने समिति अध्यक्ष चन्द्र शाहीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा महिलारपुरुष दुबै सहभागी हुन पाउने अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

खेलकुद शाखा प्रमुख सिटौलाका अनुसार राजमार्गमा हुने साइकल रन कार्यक्रमका सहभागीले आफ्नो सुरक्षालाई ध्यानमा राखेर साइकल चलाउन आग्रह गर्नुभयो । सम्भावित दुर्घटना हुन नदिन जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयसंग आवश्यक समन्वय गरिसकेको उहाँले बताउनुभयो ।

‘साइकल रन’ कार्यक्रममा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र प्रोत्साहन पुरस्कार स्वरुप १०/१० हजार दुई जनालाई प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले भोलि विहान ६ः४५ बजेसम्म पनि नाम दर्ता गर्न सकिने जनाएको छ । कार्यक्रमको उद्धघाटन उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले गर्नुहुनेछ । कार्यक्रमका लागि चार लाख बजेट छुट्याइएको छ ।