२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्ति आतंक नियन्त्रण हुनेगरी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न महामन्त्री शर्माको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ति आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तिको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ति आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो । उहाँले मेची नदीको तटबन्ध निर्माण गर्न पनि विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

महामन्त्री शर्माले भन्नु भयो, ‘यहाँ निर्वाचित हुनु भएको निर्वाचन क्षेत्र बुद्धशान्ति गाउँपालिकामा पर्दछ । त्यो गाउँपालिकाको वडा नम्बर ५ स्थित खारखोला अहिले शोकमा छ ।करिव ७० वर्षका भिमलाल भट्टराई हात्तिको आक्रमणमा मारिनु भएको छ । केही समय यता त्यो गाउँमा हात्ति आतंक मच्चिरहेको छ । यो वर्ष त्यो वडामा ३ जना मारिएका छन । गत वर्ष १७ वर्षका युवा हात्ति धपाउन जाँदा सर्पले टोकेर उनको मृत्यु भयो । करिव ६ महिनाअघि मंगलबारे बजार सम्झना श्रेष्ठको पनि हात्तिको आक्रमणबाट ज्यान गयो ।’

‘बेहुलाबेहुली नै हात्तिको आक्रमणमा परेर ज्यान पनि गएको छ । यो कुरा मैले यसकारण उठाएको हुँ । ताजा घटना हो यो । यही बेला सरकार आगामी वर्षको बजेट निर्माणको क्रममा छ । हामी कहाँ हात्तिको समस्या दुई खालको छ । एउटा खुला सीमा भएको कारण पश्चिम बंगालबाट हुलकाहुल भित्र्ने हात्तिहरु । र दोस्रो, स्थानीय जंगलमा रहेका रैथाने हात्तिहरु । सुशील कोइराला प्रधानमन्त्री रहनु भएको सरकारले विश्व बैंकको लगानीमा १८ किलोमिटर सोलार सिष्टम निर्माण ग¥यो । त्यसले केही समय काम गर्यो तर त्यसले धान्न छोड्यो । त्यसैले यहाँ मार्फत म नेपालको सरकारको फरकफरक मन्त्रालयहरुलाई केही अपिल गर्न चाहन्छु ।’

‘मेची नदीको तटबन्धमा विशेष प्राथमिकताका साथ बजेट छुट्टयाउन सिँचाई मन्त्रालयलाई, मौरीका लागि बजेट छुट्टयाउन कृषि मन्त्रालयलाई अनि, राहतको रकम अनिवार्य दिने व्यवस्था मिलाउन वन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । त्यहाँका मानिसहरुको भनाई छ कि बाहुँनडाँगीलाई दुख्दै गर्दाखेरी काठमाडौंलाई किन दुखिरहेको छैन रु जति ध्यान राज्यको पुग्नु पर्दथ्यो रु त्यो किन पुगिरहेको छैन । त्यहाँको प्रतिनिधिको नाताले म यो विषयलाई राज्यको विशेष प्राथमिकतामा राख्नका लागि, दर्जनौंको मृत्य भएपछि राज्यको आँखा खुल्नका लागि विनम्र आग्र्र्र्र्रह गर्न चाहन्छु ।’

महामन्त्री शर्माले झापामा मौरी पालनका लागि पनि बजेटको विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।