२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्ति आतंक नियन्त्रण हुनेगरी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न महामन्त्री शर्माको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ति आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तिको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ति आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो । उहाँले मेची नदीको तटबन्ध निर्माण गर्न पनि विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

महामन्त्री शर्माले भन्नु भयो, ‘यहाँ निर्वाचित हुनु भएको निर्वाचन क्षेत्र बुद्धशान्ति गाउँपालिकामा पर्दछ । त्यो गाउँपालिकाको वडा नम्बर ५ स्थित खारखोला अहिले शोकमा छ ।करिव ७० वर्षका भिमलाल भट्टराई हात्तिको आक्रमणमा मारिनु भएको छ । केही समय यता त्यो गाउँमा हात्ति आतंक मच्चिरहेको छ । यो वर्ष त्यो वडामा ३ जना मारिएका छन । गत वर्ष १७ वर्षका युवा हात्ति धपाउन जाँदा सर्पले टोकेर उनको मृत्यु भयो । करिव ६ महिनाअघि मंगलबारे बजार सम्झना श्रेष्ठको पनि हात्तिको आक्रमणबाट ज्यान गयो ।’

‘बेहुलाबेहुली नै हात्तिको आक्रमणमा परेर ज्यान पनि गएको छ । यो कुरा मैले यसकारण उठाएको हुँ । ताजा घटना हो यो । यही बेला सरकार आगामी वर्षको बजेट निर्माणको क्रममा छ । हामी कहाँ हात्तिको समस्या दुई खालको छ । एउटा खुला सीमा भएको कारण पश्चिम बंगालबाट हुलकाहुल भित्र्ने हात्तिहरु । र दोस्रो, स्थानीय जंगलमा रहेका रैथाने हात्तिहरु । सुशील कोइराला प्रधानमन्त्री रहनु भएको सरकारले विश्व बैंकको लगानीमा १८ किलोमिटर सोलार सिष्टम निर्माण ग¥यो । त्यसले केही समय काम गर्यो तर त्यसले धान्न छोड्यो । त्यसैले यहाँ मार्फत म नेपालको सरकारको फरकफरक मन्त्रालयहरुलाई केही अपिल गर्न चाहन्छु ।’

‘मेची नदीको तटबन्धमा विशेष प्राथमिकताका साथ बजेट छुट्टयाउन सिँचाई मन्त्रालयलाई, मौरीका लागि बजेट छुट्टयाउन कृषि मन्त्रालयलाई अनि, राहतको रकम अनिवार्य दिने व्यवस्था मिलाउन वन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । त्यहाँका मानिसहरुको भनाई छ कि बाहुँनडाँगीलाई दुख्दै गर्दाखेरी काठमाडौंलाई किन दुखिरहेको छैन रु जति ध्यान राज्यको पुग्नु पर्दथ्यो रु त्यो किन पुगिरहेको छैन । त्यहाँको प्रतिनिधिको नाताले म यो विषयलाई राज्यको विशेष प्राथमिकतामा राख्नका लागि, दर्जनौंको मृत्य भएपछि राज्यको आँखा खुल्नका लागि विनम्र आग्र्र्र्र्रह गर्न चाहन्छु ।’

महामन्त्री शर्माले झापामा मौरी पालनका लागि पनि बजेटको विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।




भर्खरै