५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट

बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट
अ+ अ-

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गर्नु भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक (जी–७) को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत आइपुग्नु भएको थियो । बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको छ । बेलायती कमनवेल्थ समूहका ५४ देशमध्ये अस्ट्रेलिया पनि एक हो । 

यो साता ९५ वर्षीया बेलायती महारानी निकै व्यस्त हुनु भएको थियो । उहाँ गत शुक्रबार बेलायतको दक्षिण पश्चिमस्थित कोर्नवालसम्म ट्रेनमा जानु भएको थियो । कोर्नवालमा सम्पन्न “सम्पन्न सात” (जी–७) का नेताहरुको शिखर बैठकमा सहभागी विश्वका नेताहरुका लागि आयोजित रात्रिभोजमा उहाँ सरिक हुनु भएको थियो । 
लगत्तै उहाँ शनिबार आफ्नो ९५औं जन्मोत्सवका अवसरमा विन्डसरमा आयोजित सैनिक परेडमा सहभागी हुनु भएको थियो । अर्को दिन उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँकी धर्मपत्नी जील बाइडेनलाई राजप्रासादमा स्वागत गर्नु भएको थियो ।

कोरोनाभाइरस महामारीका कारण गत वर्ष महारानी एलिजाबेथले अनलाइन र भर्चुअल माध्यमबाट मात्र अतिथिहरुसँग भेटवार्ता गर्नु भएको थियो । तर यसपटक खुला रुपमा उहाँले अतिथिहरुसँग भेटघाट गर्नुभयो । 

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि लन्डनमा भेटवार्ता गर्नु भएको थियो । उहाँहरुबीच एकअर्का मुलुकका कैयौं वस्तु एवं सेवामा लाग्दै आएका करहरु हटाएर स्वतन्त्र व्यापार सम्झौता गर्ने बारेमा एउटा खाकामा सहमति भएको थियो । (रासस–एपी)